जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • जीवन बीमक संघ नयाँ कार्यसमिति चयन, अध्यक्षमा निर्मलकाजी

जीवन बीमक संघ नयाँ कार्यसमिति चयन, अध्यक्षमा निर्मलकाजी

जीवन बीमक संघ नेपालको अध्यक्षमा मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । संघको उपाध्यक्षमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल निर्वाचित भएका छन् । श्रेष्ठ संघको निवर्तमान उपाध्यक्ष हुन् भने पौडेल निवर्तमान महासचिव हुन् ।

आज कार्तिक २८ गते संघको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य थिए ।

कोषाध्यक्षमा प्रविनरमण पराजुली चयन भएका छन् । उनी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । पराजुली अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए ।

ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक, गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल निर्वाचित भएका छन् ।

कार्यक्रमका बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईँले जीवन बीमा क्षेत्रको उल्लेख्य वृद्धिसँगै मुख्य गरि व्यतित बीमालेख कम गर्ने तथा अभिकर्ताको व्यवसायिकता र व्यवस्थापनमा सुधार गर्नुपर्ने बताए । ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमा क्षेत्रको समग्र विकासको लागी बीमकहरू र समिति आपसमा मिलेर काम गर्नु पर्ने बताए ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्रेष्ठले सबै बीमा कम्पनी मिलेर बीमा क्षेत्रको व्यवसायिक विकास र नविनतम कार्यक्रमहरू संचालन गर्न तथा चुनौतीको मिलेर सामना गर्नुपर्ने बताए । समिति र कम्पनीबीच समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

4030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका