जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई सुनको सिक्का

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई सुनको सिक्का

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले हवाई टिकटमा सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ।

आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको छ। यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली विजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली विजेताले एउटा चाँदीको सिक्का पनि जित्न सक्नेछन्।

उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रुचाइएको यातायात माध्यम हुन पुगेको छ। आरामदायी र छिटो यात्रा गर्नका लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन नै रोज्छन्। यस्ता यात्रुले सहजताका निम्ति आइएमई पे एपजस्ता मोबाइल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ। अझ बढी यात्रुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस योजना सार्वजनिक गरेको हो।

यस योजनालाई सञ्चालन गर्नका लागि कम्पनीले केही निश्चित सेवा र सर्त निर्धारण गरेको छ। जसअनुसार आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ता यस योजनाका निम्ति योग्य हुनेछन्। आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुमध्ये हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरी केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नेछन्।

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुमध्ये हरेक हप्ता ५ भाग्यशाली विजेताले १ चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन्। आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुमध्ये हरेक १५ दिनमा १ भाग्यशाली विजेताले १ सुनको सिक्का बम्पर उपहारस्वरुप प्राप्त गनेछन्।

4020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका