जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • २६ वाणिज्य बैंकको खराब कर्जा एक महिनामै ५० प्रतिशतले बढ्यो, कर्जा ब्याज बृद्धि संगै कर्जा भुक्तानी नगर्नेहरुको लर्कोः लिलामीका घर जग्गा पनि विक्न छाडे, सीइओ साबहरुको निद्राहराम ’

२६ वाणिज्य बैंकको खराब कर्जा एक महिनामै ५० प्रतिशतले बढ्यो, कर्जा ब्याज बृद्धि संगै कर्जा भुक्तानी नगर्नेहरुको लर्कोः लिलामीका घर जग्गा पनि विक्न छाडे, सीइओ साबहरुको निद्राहराम ’

२६ वाणिज्य बैंकहरुको खराब कर्जा एक महिनामै ५० प्रतिशतले बढेको तथ्य सार्वजनिक भएको छ । बैंक र वित्तिय संस्थाहरुको कर्जा ब्याजदर बढेसंगै अधिकाशं कर्जा खराब कर्जामा परिणत भएको भेटिएको छ । कर्जा खराब कर्जामा परिणत भएसंगै बैंकहरुले घरजग्गा लिलामी गरेर पनि विक्री भएको देखिदैन । यसले बैंकहरुको खराब कर्जा दिनप्रतिदिन बढेर जाने देखिन्छ । यो राम्रो सन्देश पक्कै होइन । भनिन्छ, एनआईसी एशिया बैंक, नेपाल बैंक लिमिटेड, प्राइम कर्मशियल बैंक र राष्ट्रिय वाणिज्य बैंकको कर्जा नउठेपछि खराब कर्जा बढेर गएको छ । भने उनीहरुले लिलाम गरेका धितो विक्री नभएको अवस्था देखिन्छ । यसले भविष्यमा बैंकहरुको अवस्था डरलागदो हुने संकेत गरेको छ भन्दा फरक पर्दैन ।

नेपाल राष्ट्र बैंकको गत असोजको तथ्याङ्क अनुसार २६ वटा वाणिज्य बैंकहरुले ४४ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४२ खर्ब १९ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । जसमध्ये ७७ अर्ब २२ करोड रुपैयाँमाथिको कर्जा लगानी जोखिममा परेको छ ।समीक्षा अवधिमा बैंकहरुको कुल कर्जा लगानीको १.८३ प्रतिशत लगानी जोखिममा रहेको राष्ट्र बैंकले नै जनाएको छ । जुन कोभिड कालको भन्दा पनि बढी हो ।

खराब आर्थिक स्थितिका बाबजुद पछिल्लो समय बैंक र वित्तिय संस्थाहरुको खराब कर्जा (एनपीएल) को दर बढ्ने देखिएको छ । तरलता अभावले सिर्जना गरेको उच्च ब्याजदर, बजार महँगी, उपभोक्ताको क्रय शक्तिमा आएको ह्रास र औद्योगिक उत्पादनको कमीसँगै समग्र आर्थिक गतिविधिमै शिथिलता छाउँदा बैंक तथा वित्त कम्पनीहरुको लगानी समेत जोखिममा पर्ने देखिएको हो । बैंक तथा वित्तीय कम्पनीहरुले गरेका कर्जा लगानी फिर्ता हुन छाडेका छन् । जसले बैंक तथा वित्त कम्पनीहरु मात्र नभएर नियामक निकाय राष्ट्र बैंक समेत चिन्तित हुन थालेको हो भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकको गत असोजको तथ्याङ्क अनुसार २६ वटा वाणिज्य बैंकहरुले ४४ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४२ खर्ब १९ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । जसमध्ये ७७ अर्ब २२ करोड रुपैयाँमाथिको कर्जा लगानी जोखिममा परेको छ ।समीक्षा अवधिमा बैंकहरुको कुल कर्जा लगानीको १.८३ प्रतिशत लगानी जोखिममा रहेको राष्ट्र बैंकले नै जनाएको छ । जुन कोभिड कालको भन्दा पनि बढी हो । भन्दा फरक पर्दैन ।

खराब कर्जाको अन्तिम सीमा ५ प्रतिशत मात्रै हो । बैंक तथा वित्त कम्पनीहरुले गरेको कुल लगानीको कम्तीमा ५ प्रतिशतसम्म खराब कर्जा भए त्यसलाई स्वाभाविक मानिन्छ । तर पछिल्लो समय जुन रफ्तारमा बैंक तथा वित्त कम्पनीहरुको खराब कर्जाको दर बढ्दो छ, यसले आधार सीमा नाघ्ने खतराको संकेत गरेको देखिन्छ । मुलुकको आर्थिक स्थिति, बढ्दो तरलता अभावका साथसाथै बजारको मन्दीले खराब कर्जाको दर ५ प्रतिशत माथि जाने ती बैंकले दाबी गरे ।

२०७७ असार मसान्तमा बैंकहरुको खराब कर्जाको स्थिति १.८१ प्रतिशत थियो । तर, २०७८ असोजमा घटेर १.२३ प्रतिशतमा झरिसकेको बैंकहरुको खराब कर्जाको दर ठिक एक वर्षपछि बढेर पुनः १.८३ प्रतिशत पुगेको छ । जुन ४८.७८ प्रतिशतको वृद्धि हो । थप, कात्तिक र मंसिर महिनामा यस्तो खराब कर्जाको दर बढेर २ प्रतिशत माथि पुगिसकेको एक बैंकरले दाबी गरे । खराब कर्जाको अन्तिम सीमा ५ प्रतिशत मात्रै हो । बैंक तथा वित्त कम्पनीहरुले गरेको कुल लगानीको कम्तीमा ५ प्रतिशतसम्म खराब कर्जा भए त्यसलाई स्वाभाविक मानिन्छ । तर पछिल्लो समय जुन रफ्तारमा बैंक तथा वित्त कम्पनीहरुको खराब कर्जाको दर बढ्दो छ, यसले आधार सीमा नाघ्ने खतराको संकेत गरेको देखिन्छ । हेक्का होस् ।
मुलुकको आर्थिक स्थिति, बढ्दो तरलता अभावका साथसाथै बजारको मन्दीले खराब कर्जाको दर ५ प्रतिशत माथि जाने ती बैंकले दाबी गरे । उसो त पछिल्लो एक महिनामा मात्र ५२ प्रतिशतमाथिले बैंकहरुको खराब कर्जाको दर बढेको देखिन्छ । गत भदौ महिनामा १.२० प्रतिशत रहेको खराब कर्जाको दर कात्तिक महिनामा १.८३ प्रतिशत पुगेको भेटिएको छ । यही हिसाबले खराब कर्जा बढ्दै जाने हो भने आउँदा दिनहरुमा बैंक र वित्तिय संस्थाको अवस्था डरलाग्दो हुने संकेत हो भन्दा फरक पर्दैन । सचेत भया ।

3315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका