जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • भूकम्प, कोरोना जस्ता विपत्तीमा दिइने संवेदनशील औजार (पुर्नकर्जा) दिन राष्ट्र बैंक तयारः १३ प्रतिशतको कर्जा मात्रै ५ प्रतिशत लिँदै अर्बपतिहरु !

भूकम्प, कोरोना जस्ता विपत्तीमा दिइने संवेदनशील औजार (पुर्नकर्जा) दिन राष्ट्र बैंक तयारः १३ प्रतिशतको कर्जा मात्रै ५ प्रतिशत लिँदै अर्बपतिहरु !

नयाँ सरकार, नयाँ अर्थमन्त्री आएसंगै ठूला व्यापारी र घरघरानाको चर्को दबाबमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी सम्वेदनशील औजार (पुर्नकर्जा) चलाउन तयार भएका छन् भन्दा अब फरक पर्दैन । भूकम्प, कोरोना जस्ता विपत्तीका बेला दिइने सम्बेदनशील औजार (पुर्नकर्जा) दिनुको भित्री रहस्य के हो ? यो चाहि खोजीकै विषय बनेको छ । १३ प्रतिशतमा बैंकहरुले यति बेला कर्जा दिँदै छन् भने अब ५ प्रतिशतमै कर्जा दिनु नितिगत भ्रष्ट्राचार हो भन्दा फरक पर्दैन। हेक्का होस् ।

अहिले बैंकहरुसँग लगानी योग्य पैसा थुप्रिन थालेको छ । यो समाचार तयार पार्दासम्म बैंक तथा वित्तीय संस्थासँग ५४ खर्ब ५४ अर्ब निक्षेप छ ।

निर्माण र पर्यटन क्षेत्रलाई चलायमान बनाउन भन्दै पुनः पुनरकर्जाको अन्तिम हतियार उठाउन राष्ट्र बैंक फेरि तयार भएको भेटिएको छ । केन्द्रिय बैंकले कोभीडपछि आर्थिक पुनरुत्थानलाई सघाउने नाममा ब्यापक मात्रामा पुनरकर्जा बाँड्दा अर्थतन्त्रले अहिलेको अबस्था भोग्नु परेको थियो । उक्त गल्तिलाई सच्याउन ढिला गर्नु नहुने चौतर्फी दबाबपछि यही आर्थिक वर्षको मौद्रिक नीतिबाट पुनरकर्जा सुविधा फिर्ता लिइएको राष्ट्र बैंक फेरि गल्ती गर्दैछ भन्दा फरक पर्दैन ।

त्यही गल्तिलाई दोहोराउने बाटोमा केन्द्रिय बैंक अग्रसर देखिएको छ । अहिले बैंकहरुसँग लगानी योग्य पैसा थुप्रिन थालेको छ । यो समाचार तयार पार्दासम्म बैंक तथा वित्तीय संस्थासँग ५४ खर्ब ५४ अर्ब निक्षेप छ । यसबाहेक बाणिज्य बैंकहरुसँग ३ खर्ब ७० अर्ब, विकास बैंकहरुसँग ३९ अर्ब, वित्त कम्पनीहरुसँग १५ अर्ब, पुर्वाधार विकास बैंकसँग २० अर्ब र लघुवित्त संस्थाहरुसँग ३१ अर्ब हाराहारी गरी कुल ४ खर्ब ७४ अर्ब ५२ करोडभन्दा धेरै चुक्ता पूँजी नै छ । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चित कोष र डिबेञ्चरबाट संकलित रकम अलग्गै पछि छ । भन्दा फरक पर्दैन ।

केन्द्रिय बैंकले नै दिएको सीमा ९० प्रतिशतसम्म पुर्याउने हो भने तत्कालै बैंकहरुले साढे २ खर्बभन्दा धेरै कर्जा विस्तार गर्न सक्ने अवस्था छ । यति धेरै तरलता बैंकमा थुप्रिन पुगेको अवस्थामा पनि बैंकहरु ऋण नदिइ बसेका छन् । निक्षेपको ब्याजदर निरन्तर ओरालो लागेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुको कर्जा निक्षेप अनुपात ८५.३७ प्रतिशतमा झरेको छ । केन्द्रिय बैंकले नै दिएको सीमा ९० प्रतिशतसम्म पुर्याउने हो भने तत्कालै बैंकहरुले साढे २ खर्बभन्दा धेरै कर्जा विस्तार गर्न सक्ने अवस्था छ । यति धेरै तरलता बैंकमा थुप्रिन पुगेको अवस्थामा पनि बैंकहरु ऋण नदिइ बसेका छन् । निक्षेपको ब्याजदर निरन्तर ओरालो लागेको छ । तर कर्जाको ब्याजदर घटाउने सुरसारमा बैंक छैनन् । कारण चाहि के हो ? यो पनि खोजी कै विषय बनेको छ ।

ग्लोबल आईएमई बैंकले आफ्ना निक्षेपकर्तालाई दिनेभन्दा ऋणीसँग लिने औसत ब्याजदर नै ५.२० प्रतिशत धेरै रहेको भनेको छ ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ब्याजदर अन्तर (स्प्रेड) ४.४ प्रतिशतको सीमामा झार्न भने पनि ६ वटा ठूला बैंकहरु अहिले यो सीमाभन्दा निकै धेरै अन्तरमा कारोबार गरिरहेका छन् । ग्लोबल आईएमई बैंकले आफ्ना निक्षेपकर्तालाई दिनेभन्दा ऋणीसँग लिने औसत ब्याजदर नै ५.२० प्रतिशत धेरै रहेको भनेको छ । कुमारी, प्रभू र नबिलले ग्लोबललाई नै पच्छ्याएर ५ प्रतिशतभन्दा धेरैको अन्तरमा कर्जा लगानी गरिरहेका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा र हिमालयन बैंकको ब्याजदर अन्तर पनि यो सीमाभन्दा माथि देखिन्छ ।

राष्ट्र बैंकको सञ्चालक समितिले उत्पादन मुलक क्षेत्रलाई चलायमान गराउने गरी आफ्नो क्षमताले भ्याएसम्म पुनरकर्जा सुविधा उपलब्ध गराउने भन्दै निर्णय गरिसकेको छ । अहिले राष्ट्र बैंकसँग करीब ५७ अर्ब पुनरकर्जा दिने सामथ्र्य देखिन्छ ।

नेपालका बैंकहरु राष्ट्र बैंकले दिएमा फुक्काफाल कर्जा दिने मौका कुरेर बसेका छन् । भन्दा फरक पर्दैन । राष्ट्र बैंक पनि बैंकहरुलाई प्रभावकारी वित्तीय सेवा दिन उत्तरदायी बनाउनुको साटो घरघराना र ठूला ब्यापारीको दबाबमा पुनरकर्जाजस्तो संवेदनशील औजार चलाउन तयार देखिएको छ । यो कस्तो बैकिङ्ग हो अर्थमन्त्री डा. मतहज्यू ? राष्ट्र बैंकको सञ्चालक समितिले उत्पादन मुलक क्षेत्रलाई चलायमान गराउने गरी आफ्नो क्षमताले भ्याएसम्म पुनरकर्जा सुविधा उपलब्ध गराउने भन्दै निर्णय गरिसकेको छ । अहिले राष्ट्र बैंकसँग करीब ५७ अर्ब पुनरकर्जा दिने सामथ्र्य देखिन्छ । यो चलाउन उ तयार देखिन्छ ।

नयाँ ऋणीले त त्योभन्दा महँगो ब्याज तिर्नुपर्ने हुनसक्छ । यसले के प्रष्ट देखिन्छ भने यस भित्र नितिगत भ्रष्ट्रचार छ त्यो खोजी अब हामीले नै गर्नेछौं ।

विद्यमान व्यवस्था अनुसार राष्ट्र बैंकले पुनरकर्जा दिँदा साधारणतया ३ प्रतिशत ब्याजमा बैंकहरुलाई पैसा उपलब्ध गराउँछ । त्यसमा बैंकले २ प्रतिशत विन्दुको सञ्चालन लागत जोडेर ५ प्रतिशत ब्याजमा ऋणीलाई दिन्छ । जबकी, अहिले बैंकबाट ऋण लिने हो भने औसतमै १३ प्रतिशत हाराहारी ब्याज तिर्नुपर्ने अवस्था छ । नयाँ ऋणीले त त्योभन्दा महँगो ब्याज तिर्नुपर्ने हुनसक्छ । यसले के प्रष्ट देखिन्छ भने यस भित्र नितिगत भ्रष्ट्रचार छ त्यो खोजी अब हामीले नै गर्नेछौं । हेक्का होस् ।

यति महँगो ब्याज तिर्नुभन्दा राष्ट्र बैंकलाई दबाब दिएर पुनरकर्जा लिन सके जम्मा ५ प्रतिशतको सस्तो ब्याजमा ऋण पाइन्छ । यसै कारण ठूला ब्यापारीहरु अहिले आफ्नै स्वामित्वका बैंकलाई अघिक तरलताको अवस्थामा पनि कर्जा बढाउनतिर ध्यान नदिएर राष्ट्र बैंकसँग बार्गेनिङ गरिरहेका अवस्था हो ।

गत चैत मसान्तमा बाणिज्य बैंकहरुको आधारदर पुसको तुलनामा केही घटेर औसत १०.५२ प्रतिशतमा झरेको छ । राष्ट्रिय बाणिज्य, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक, एभरेस्ट र नबिलबाहेक सबै बैंकको आधारदर दोहोरो अंकमा छ । यसमा १ प्रतिशत प्रिमियममै कर्जा पाए पनि साढे ११ देखि साढे १२ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था देखिन्छ । यति महँगो ब्याज तिर्नुभन्दा राष्ट्र बैंकलाई दबाब दिएर पुनरकर्जा लिन सके जम्मा ५ प्रतिशतको सस्तो ब्याजमा ऋण पाइन्छ । यसै कारण ठूला ब्यापारीहरु अहिले आफ्नै स्वामित्वका बैंकलाई अघिक तरलताको अवस्थामा पनि कर्जा बढाउनतिर ध्यान नदिएर राष्ट्र बैंकसँग बार्गेनिङ गरिरहेका अवस्था हो । भन्दा फरक पर्दैन ।

काम सकेर भुक्तानीको प्रतीक्षामा बसेका निर्माण व्यवसायीलाई ७० अर्ब हाराहारी दायित्व तिर्न सरकारसँग पैसा छैन । यसले अर्थतन्त्र चलायमान अहिले छैन ।यस्तो असहज परिस्थितिबाट अर्थतन्त्रको सुरक्षित अवतरण गराउन सरकारले पनि केन्द्रिय बैंककै मुख ताकिरहेको छ ।

उता सरकार पनि अभूतपूर्व संकट र समस्यामा छ । साढे २ खर्ब हाराहारी घाटामा गएको राष्ट्रिय ढुकुटीलाई पुर्न सरकारसँग कुनै हतियार छैन । ढुकुटीमा पैसा नभएकाले पेन्सनलगायतका अनिवार्य दायित्व भुक्तानी समेत गर्न सकिएको छैन । काम सकेर भुक्तानीको प्रतीक्षामा बसेका निर्माण व्यवसायीलाई ७० अर्ब हाराहारी दायित्व तिर्न सरकारसँग पैसा छैन । यसले अर्थतन्त्र चलायमान अहिले छैन ।यस्तो असहज परिस्थितिबाट अर्थतन्त्रको सुरक्षित अवतरण गराउन सरकारले पनि केन्द्रिय बैंककै मुख ताकिरहेको छ । ‘पुनरकर्जा अहिलेको अवस्थामा उचित कदम होइन, तर सरकारले यसलाई मनोविज्ञान बढाउने हतियारको रुपमा अघि सार्न खोजेको देखिन्छ । भन्दा फरक पदैन ।

सामान्य अवस्थामा राष्ट्र बैंकमा जम्माहुने परिवत्र्य विदेशी मुद्राको बदलामा राष्ट्र बैंकले नेपाली मुद्रा बजारमा प्रवाह गर्छ । यसैलाई प्राविधिक शब्दमा ‘मुद्राप्रदाय’ भनिन्छ । सामान्य अर्थमा बुझ्दा हाम्रा दाजुभाइले विदेशमा कमाएको डलर राष्ट्र बैंकलाई बुझाउँछन् र राष्ट्र बैंकले हामीलाई त्यही डलरको मूल्य बराबरको नेपाली मुद्रा प्रदान गर्छ ।

वाणिज्य बैंकमा लगानीयोग्य पैसा थुप्रिन थालिसक्दा पनि उनीहरु ब्याजदर घटाउने र कर्जा विस्तार गर्ने बाटोमा गएका छैनन् । बरु बैंकर र बैंकका सञ्चालकहरु नै सस्तो ब्याजमा राष्ट्र बैंकबाट पुनरकर्जा लिएर लाभ उठाउने रणनीतिमा देखिएका छन् । पुनरकर्जा भनेको केन्द्रिय बैंकले पैसा छापेर बाँड्ने जस्तै हो । सामान्य अवस्थामा राष्ट्र बैंकमा जम्माहुने परिवत्र्य विदेशी मुद्राको बदलामा राष्ट्र बैंकले नेपाली मुद्रा बजारमा प्रवाह गर्छ । यसैलाई प्राविधिक शब्दमा ‘मुद्राप्रदाय’ भनिन्छ । सामान्य अर्थमा बुझ्दा हाम्रा दाजुभाइले विदेशमा कमाएको डलर राष्ट्र बैंकलाई बुझाउँछन् र राष्ट्र बैंकले हामीलाई त्यही डलरको मूल्य बराबरको नेपाली मुद्रा प्रदान गर्छ । एक हिसाबले डलरको धितोमा मुद्रा जारी हुन्छ । त्यो डलरमात्रै नभएर सबै खाले परिवत्र्य विदेशी मुद्रा र सुन चाँदीजस्ता बहुमूल्य धातुको बदलामा पनि स्वदेशी मुद्रा जारी हुन्छ । भन्दा फरक पर्दैन ।

अब नेपालमा यस्तो अन्तिम अस्त्रलाई सामान्य मानेर बारम्बार चलाउन उचित हुँदैन । यसरी बारम्बार राष्ट्र बैंकले सस्तो ब्याजमा सीमित ब्यापारी व्यवसायीलाई अर्बौं पैसा दिँदै जाने हो भने सबैभन्दा पहिले मानिसहरुको आय असमानताको खाडल तीव्र दरमा विस्तार हुन्छ ।

तर पुनरकर्जा त्योभन्दा भिन्न हो । अर्थतन्त्र गम्भीर संकटमा पर्यो र त्यसलाई उकास्ने अरु कुनै बाटो रहेन भने अन्तिम हतियारको रुपमा केन्द्रिय बैंकले आफ्नो सामथ्र्यभन्दा धेरै पैसा छापेर सीमित समयका लागि बजारमा पठाउँछ । यसको मूल ध्यय बजारमा तरलता बढाउनु हो । पहिलेभन्दा धेरै पैसा बजारमा प्रवाह गरेर अर्थतन्त्रलाई चलायमान बनाउने अन्तिम हतियार नै पुनरकर्जा हो । गर्भनर साब हेक्का होस् । तर अब नेपालमा यस्तो अन्तिम अस्त्रलाई सामान्य मानेर बारम्बार चलाउन उचित हुँदैन । यसरी बारम्बार राष्ट्र बैंकले सस्तो ब्याजमा सीमित ब्यापारी व्यवसायीलाई अर्बौं पैसा दिँदै जाने हो भने सबैभन्दा पहिले मानिसहरुको आय असमानताको खाडल तीव्र दरमा विस्तार हुन्छ । ५० जना अर्बपतिले ५ प्रतिशत ब्याजमा ऋण पाउने, बाँकी दशौं लाख साना तथा मझौला उद्यमीले १३–१४ प्रतिशत ब्याज तिर्नुपर्ने अवस्था आउँछ । गर्भनर साब ।

नेपालको आधा सम्पत्ती ज्यादै कम मान्छेको हातमा जम्मा भइसकेको छ, यो क्रम अझ तीव्र दरमा बढ्ने देखिन्छ । अर्थमन्त्रीज्यू । यसको अर्को भयंकर क्षति मूल्यबृद्धिमा हुन्छ । सस्तो ब्याजमा अर्बपतिहरुले धेरै ऋण लिन थाले भने उनीहरुले कयौं वस्तुको माग बढाउँछन् । उदाहरणका लागि घरजग्गा ।

यसले थोरै अर्वपतिहरु कम लागतमा वस्तु उत्पादन गर्न सक्षम हुन्छन् र उनीहरुले महँगो लागतको मार खेपिरहेका दशौंलाख साना उद्यमीको बजार खोसिदिन्छन् । त्यसपछि सम्पत्तीको अधिक केन्द्रिकरण हुन थाल्छ । झण्डै ३ करोड नेपालीमध्ये ५० लाखमान्छेको हातमा ९० प्रतिशत सम्पत्ती देखिनुको कारण यही हो । नेपालको आधा सम्पत्ती ज्यादै कम मान्छेको हातमा जम्मा भइसकेको छ, यो क्रम अझ तीव्र दरमा बढ्ने देखिन्छ । अर्थमन्त्रीज्यू । यसको अर्को भयंकर क्षति मूल्यबृद्धिमा हुन्छ । सस्तो ब्याजमा अर्बपतिहरुले धेरै ऋण लिन थाले भने उनीहरुले कयौं वस्तुको माग बढाउँछन् । उदाहरणका लागि घरजग्गा । अहिले काठमाडौं र नेपालका केही प्रमुख शहरमा घरजग्गाको भाउ संसारकै महँगो भइसकेको छ । यसको एक कारण नै असमान ब्याज र सहज पूँजी हो ।

राष्ट्रको ढुकुटीमा ५५ वर्ष लगाएर जम्मा पारेको विदेशी मुद्रा एकै वर्षमा रित्तियो । विदेशी विनिमयको बदलामा पैसा बजारमा गएको हुन्थ्यो भने मानिससँग राज्यको सामथ्र्यभन्दा धेरै पैसा हुँदैन थियो । तर राष्ट्र बैंकले सामथ्र्यभन्दा धेरै पैसा छापेर बाँडेपछि त्यसले आयात बढायो र अन्ततः विदेशी विनिमयको समस्या सिर्जना हुने देखिन्छ ।

त्यतिमात्रै होइन, विगतमा राष्ट्र बैंकले त्यसैगरी भटाभट पैसा छापेर बजारमा पठाउँदा नेपालको आयात चुलिएर नयाँ खाले संकट भोग्नु पर्यो । राष्ट्रको ढुकुटीमा ५५ वर्ष लगाएर जम्मा पारेको विदेशी मुद्रा एकै वर्षमा रित्तियो । विदेशी विनिमयको बदलामा पैसा बजारमा गएको हुन्थ्यो भने मानिससँग राज्यको सामथ्र्यभन्दा धेरै पैसा हुँदैन थियो । तर राष्ट्र बैंकले सामथ्र्यभन्दा धेरै पैसा छापेर बाँडेपछि त्यसले आयात बढायो र अन्ततः विदेशी विनिमयको समस्या सिर्जना हुने देखिन्छ । हेक्का होस् । पछिल्लो समय श्रीलंका, पाकिस्तान र बंगलादेशले पनि भोगेको यो समस्या नेपालले भोग्न नपरोस भनेर हतारमा नीतिगत कडाई गरिँदा अहिले सरकारको ढुकुटी रित्तिन पुगेको प्रस्टै देखिन्छ । अहिले फेरि सरकारले भुक्तानी दिन नसकेका निर्माण व्यवसायीलाई राहत दिन भनेर यही पुनरकर्जाको बाटो समात्न थालिएको छ । जुन जोखिमपूर्णमात्रै छैन, अहिलेको अवस्थामा विल्कुल गलत बाटो हो । भन्दा फरक पर्दैन । सचेत भया ।

 

2080
Shares

2 प्रतिक्रिया on “भूकम्प, कोरोना जस्ता विपत्तीमा दिइने संवेदनशील औजार (पुर्नकर्जा) दिन राष्ट्र बैंक तयारः १३ प्रतिशतको कर्जा मात्रै ५ प्रतिशत लिँदै अर्बपतिहरु !

  1. Yuvaraj / Maha pd ko jodi le pahile Pani commission khayera thula buspari lae punarkarja ko nam ma kei byapari posne Kam gareko ho.. ahile pani tye garna khojdai cha .. aam Janta ko Chulo Baina chodyo nrb lae Thula byapari ko chinta Jasle sabai paisa bedesh lageko chan ra tin lae kei Hudaina .. 1 ko lagi 4 Rin uthako chan.. SME 5 crores samma ka lae kei punartakikaran garna diye hune ma khan Artha tantra sankat ma Parne Kam gardai Chan nalayak MP Adhikari. 30 barsa tye bitsyera hideko dead wood lae kurse diye pachi yestai ho kei janeko bhaye po garchan .. nepali Janata belaima hos gara Pakistan Srilanka jadto huncha aam Nepali ko halat..

  2. Yuvaraj / Maha pd ko jodi le pahile Pani commission khayera thula buspari lae punarkarja ko nam ma kei byapari posne Kam gareko ho.. ahile pani tye garna khojdai cha .. aam Janta ko Chulo Baina chodyo nrb lae Thula byapari ko chinta Jasle sabai paisa bedesh lageko chan ra tin lae kei Hudaina .. 1 ko lagi 4 Rin uthako chan, loan mathi loan thapne Tara kahile naturne lae pheri loan thapdai cha NRB. SME 5 crores samma ka lae kei punartakikaran garna diye hune ma khan Artha tantra sankat ma Parne Kam gardai Chan nalayak MP Adhikari. 30 barsa tye bitsyera hideko dead wood lae kurse diye pachi yestai ho kei janeko bhaye po garchan .. nepali Janata belaima hos gara Pakistan Srilanka jadto huncha aam Nepali ko halat..

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका