जोडिनुहोस
शुक्रबार, असार २१, २०८१
शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • ३ अर्बको ऋणपत्र निष्कासनका लागि नबिल बैंकले बोर्डसँग माग्यो अनुमति

३ अर्बको ऋणपत्र निष्कासनका लागि नबिल बैंकले बोर्डसँग माग्यो अनुमति

 नबिल बैंकले ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो ।

सो बराबरको ऋण निष्कासनको लागि बैंकले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले असार १४ गते बोर्डमा निवेदन दिएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको छ । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

वार्षिक ब्याजदर ८ प्रतिशत र यसको अवधि ८ वर्षको हुनेछ । उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका