![महालक्ष्मी विकास बैँक नयाँ शाखा विस्तार](http://aarthikbazarnews.com/wp-content/uploads/2019/10/Photo-of-Lakeside-1024x358.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं ६, लेकसाइड र वडा नं २६, बिजयपुरमा दुई नँया शाखा कार्यालयहरु बिस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरु सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०२ पुगेको छ ।
महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरी १०२ वटा शाखाबाट करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।