![मुक्तिनाथ र ऊँ समाज डेण्टलबीच सहकार्य](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
मुक्तिनाथ विकास बैंक लि र ऊँ समाज डेण्टल हस्पिटल, चाबहिलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथाऊँ समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्ड वाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।