![क्यान अध्यक्षमा नवराज कुँवर विजयी](http://aarthikbazarnews.com/wp-content/uploads/2019/11/kuwar_Pcgv58NIxk.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडरेशनको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । शनिबार राती साढे ९ बजे सम्पन्न मतगणनामा कुँवर अध्यक्षमा विजयी भएको घोषणा भएका हुन् । उनी प्रतिस्पर्धी सुनैना पाण्डेलाई पछाडि पार्दै अध्यक्षमा विजयी भएका छन् ।
सदस्यहरुमा संस्थागत समूह र व्यक्तिगत आजीवन समूहमा पाण्डे नेतृत्वको प्यानललले जित हात पारेको छ । संस्थागततर्फ पाण्डेका प्यानलका अरुण बंशल, उमेश रघुवंशी, रञ्जित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् भने यसै समूहमा महिलातर्फका सदस्य पदमा रेभा राजभण्डारी, सरिता सिंह कायस्थ र सर्मिला भुजेल यसअघिनै निर्विरोध भइसकेका छन् ।