![युनाइटेड फाइनान्सको गोठाटारमा शाखा खुल्यो](http://aarthikbazarnews.com/wp-content/uploads/2019/12/u.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
युनाइटेड फाइनान्सले काठमाडौंको गोठाटारमा २३औं शाखा सञ्चालनमा ल्याएको छ । गोठाटार शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष बसन्तकुमार चौघरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले उद्घाटन गरेका छन् ।
युनाइटेड फाइनान्समा भारतको मुथुत फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ । फाइनान्सले असोज मसान्तसम्म करिब ६ अर्ब ७० करोड निक्षेप तथा ६ अर्ब १४ करोड कर्जा परिचालन गरेको छ । गत आर्थिक बर्षको नाफाबाट ३ प्रतिशत बोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ ।