![नेपाल बंगलादेश बैँकद्धारा सिआईएल व्हिलचियर हस्तान्तरण](http://aarthikbazarnews.com/wp-content/uploads/2019/12/NB-e1580968943497.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल बंगलादेश बैँकले सोमबार बालाजु औद्योगिक क्षेत्रमा रहेको इन्फिनिटी ल्याब्स रहेको १० वटा व्हीलचियर सिआईएल काठमाडौँद्धारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ ।
बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका यी व्हीलचियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको जनाएको छ । बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव गणेश केसीको उपस्थितीमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई उक्त व्हीलचियरहरु वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दे बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले अपाङ्ग व्यक्तिहरुलाई व्हीलचियर हिड्नु सरह नै हो र यसले उनको दैनिक जीवनको गतिशीलतामा सहज पु¥याउने विश्वास दिलाए ।