![सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित](http://aarthikbazarnews.com/wp-content/uploads/2021/04/image1press_20210405174722-1024x683.jpeg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
साग्रिला डेभलपमेन्ट बैंककोे १३ औं साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि शेयर धनीहरुलाई दिने प्रस्ताव गरेको थियो ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पास गर्नका साथै २०७७÷७८का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ । साधारणसभा अनलाइनबाट गरिएको बैंकले जनाएको छ।