![जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवालको निलम्बन फुकुवा](http://aarthikbazarnews.com/wp-content/uploads/2021/06/unnamed-13.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको छ । समितिले गत बैशाख ३ गते अग्रवाललाई निलम्बन गरेको थियो । नियम भन्दा धेरै रकम शेयर बजारमा लगानी गरेको भन्दै अग्रवाललाई निलम्बन गरेको थियो । कम्पनीको लगानी उपसमिति संयोजकको हैसियतमा उनलाई निलम्बन गरिएकोमा आज समितिले फुकुवा गरिदिएको हो ।