![नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली](http://aarthikbazarnews.com/wp-content/uploads/2021/06/unnamed-12-1024x576.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मैनालीलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
अर्को व्यवस्था नभएसम्मका लागि मैनालीले अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । यस अघि तत्कालीन सभामुख कृष्णबहादुर महराको दबाबमा लक्ष्मण न्यौपानेलाई नेप्सेको अध्यक्ष बनाइएको थियो । उनको कार्यकाल यही जेठबाट सकिएको हो ।