जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकले ९ महिनामा कमायो साढे २२ करोड नाफा

सांग्रिला डेभलपमेन्ट बैंकले ९ महिनामा कमायो साढे २२ करोड नाफा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले चालु आर्थिक वर्षको ९ महिना अवधिसम्ममा २२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको तेस्रो त्रैमाससम्ममा बैंकको नाफा २४ करोड ३१ लाख रुपैयाँ रहेकोमा ७.६९ प्रतिशतले घटेको हो।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ९० लाख ३१ हजार रुपैयाँ रहेको छ।

बैंकले चैत्र मासान्तसम्ममा २५ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ८२ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी ७० करोड ९४ लाख रुपैयाँ रहेको थियो।

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन नाफा गत आवको यसै अवधिसम्ममा ३४ करोड ७२ लाख रुपैयाँ रहेकोमा चालु आवको यसै अवधिमा घटेर ३२ करोड ३१ लाख रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी २ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ११.४८ रुपैयाँ रहेको छ। यस्तै जगेडा कोष ४९ करोड ४९ लाखबाट बढेर ७० करोड ८६ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको खराब कर्जा सामान्य बढेर १.१० प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२७.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ।

यस्तै बैंकको पूँजीकोष अनुपात १३.०७ प्रतिशत, आधार ब्याजदर ११.२८ प्रतिशत, निक्षेप संकलन लागत ८.५७ प्रतिशत र स्प्रेडदर ४.८८ प्रतिशत छ।

8760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका