![आईसीएफसी फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त](http://aarthikbazarnews.com/wp-content/uploads/2021/05/icfc-logo.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । उनलाई उक्त पदमा भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको समेत कम्पनीले जनाएको छ ।