![रिलायबल नेपाल लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/Reliable-life-aarthik-1024x456.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको चैत ६ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले १३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
रिलायबल सावधिक जीवन बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको रलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७० रुपैयाँ बोनसदर कायम भएको छ ।
कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको मात्रै ३ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
रिलायबल लघु सावधिक जीवन बीमा योजना
रिलायबल लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ ।
बीमा सिमित लघु सावधिक जीवन बीमा योजना
बीमा सिमित लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।
रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी)
रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) योजनाको हकमा कम्पनीको सबै बीमा अवधिहरुको लागि १३ रुपैयाँ बोनसदर कायम गरेको छ
रिलायबल सुलभ जीवन बीमालेख
रिलायबल सुलभ जीवन बीमा योजनाको हकमा पाँचदेखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ३७ रुपैयाँ ५ पैसा कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको १६ हजार ९ सय ८३ बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
रिलायबल उच्च शिक्षा योजना(बाल बच्चाको सावाधिक बीमालेख)
रिलायबल उच्च शिक्षा योजना(बाल बच्चाको सावाधिक बीमालेख) को हकमा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ४ सय ९१ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
सावाधिक तथा आजीवन बीमा योजना
सावाधिक तथा आजीवन बीमा योजनाको हकमा सबै बीमा अवधिहरुमा ३० रुपैयाँ बोनसदर कायम भएको छ ।
रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना
रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रति हजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
![](https://ci5.googleusercontent.com/proxy/Qsgei76wIkwt0J3RYe20c1iZccaCm1hVAWWESPSxWaN_gKLGAfcoCoM5JO3Xbp1wneCQqu7-I9Rk-nIYW2uZcMpLrwboNPn1ofTwfMC8cNbz4OUHcESMt-YDlla4a26wUSCFQhPizQVko4MEoGxa-DW_4cQ9sxXoaZYKELyM=s0-d-e1-ft#https://insurancekhabar.com/wp-content/uploads/2022/03/274976225_1001869137382649_2650435232313138953_n.png)