![स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश प्रस्ताव, बोनश र नगद कति ?](http://aarthikbazarnews.com/wp-content/uploads/2022/07/standard-chartered-bank-nepal_20210716004215.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १६ दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।