![‘२१० अर्ब सहुलियत कर्जाको सदुपयोग भएको छ कि छैन भनेर अनुसन्धान गर्दैछौँ’](http://aarthikbazarnews.com/wp-content/uploads/2023/02/0e6fc09ed5a01c10db70c65bfc64db421676004180-e1676029079432.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल राष्ट्र बैंकले पुनरकर्जा र सहुलियतपूर्ण कर्जाको प्रभावकारिताबारे अध्ययन भइरहेको जनाएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले संचालनमा रहेका पुनरकर्जा सुविधा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिता र प्रभावकारिताका सम्बन्धमा अध्ययन भइरहेको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७९ पुस मसान्तसम्म कुल १ लाख ४८ हजार ३ सय ४२ ऋणीलाई रु.२१० अर्ब ४५ करोड कर्जा लगानी भएको गरेको छ ।
कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनरकर्जा सुविधा २०७९ पुस मसान्तसम्म रु.११ अर्ब ७५ करोड लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
‘उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले संचालनमा रहेका पुनरकर्जा सुविधा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिता र प्रभावकारिताका सम्बन्धमा अध्ययन भैरहेको छ’ राष्ट्र बैंकले भनेको छ ।