जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • एलआईसी नेपालको बीमाशुल्क १० अर्ब ..?

एलआईसी नेपालको बीमाशुल्क १० अर्ब ..?

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० अर्ब ३१ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।
कम्पनीको खुद बीमाशुल्क गत वर्षको यहि अवधिको तुलनामा १ अर्ब ५२ करोड ७५ लाख अर्थात १७.३८ प्रतिशतले बढी हो। पुस मसान्तसम्म ७ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले पछिल्लो तीन महिनामा २ अर्ब ६६ करोडले वृद्धि गरेको हो।यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ३ अर्ब ४३ करोड ३ लाख रुपैयाँ, पुर्नबीमा कमिशन वापत १ करोड १३ लाख ८१ हजार र बीमालेख धितोमा कर्जा लगानी गरेर ९० करोड ९७ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ।
कम्पनीले ४७ अब ७० करोड ७९ लाख दीघकालीन र ४ अर्ब ६० करोड ८९ लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जामा लगानी गरेको छ। यस्तै १२ अर्ब ६२ करोड २७ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरेको छ।
यस अवधिमा इन्स्योरेन्सको खुद नाफा भने ४ लाख ३२ हजार रुपैयाँले बढेर १० करोड ७६ लाख ३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा इन्स्योरेन्सले १० करोड ७१ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यो नाफा बीमांकिय मुल्यांकन अघिको भएकाले इन्स्योरेन्सको नाफामा फरक पर्न सक्छ।
चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको वाषिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ १४ पैसा रहेको छ। समीक्षा अवधिमा कम्पनीको जगेडा कोषको आकार ५८ करोड ३५ लाखबाट घटेर ५० करोड ६१ लाखमा, जीवन बीमा कोष ५१ अर्ब ४८ करोड ८४ लाखबाट बढेर ६३ अर्ब ६७ करोड ५० लाखमा र महाविपत्ती कोष १४ करोड ३९ लाखबाट वृद्धि भई २३ करोड ६२ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ।
६६ देखि ८० घोषित बोनसदर रहेको कम्पनीले कूल ७ लाख ३८ हजार २९३ बीमालेख कायम रहेको इन्स्योरेन्सले १० अर्ब ३७ करोड ९४ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा ११ हजार ९२१ वटा दाबी वापत २ अर्ब ७६ करोड २२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २३ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

5780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका