![क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने सरकारको निर्णय](http://aarthikbazarnews.com/wp-content/uploads/2023/05/Screenshot_20230503-213049_Gmail-1024x482.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सरकाले एसीसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै, कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने सरकारले निर्णय गरेको छ ।
मंगलबार कीर्तिपूरस्थित टीयू मैदानमा भएको फाइनल खेलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बन्दै एसिया कप क्रिकेटमा छनोट भएको थियो । एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ।