जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने सरकारको निर्णय

क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने सरकारको निर्णय

सरकाले एसीसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने सरकारले निर्णय गरेको छ ।

मंगलबार कीर्तिपूरस्थित टीयू मैदानमा भएको फाइनल खेलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बन्दै एसिया कप क्रिकेटमा छनोट भएको थियो । एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ।

1275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका