![ललिता निवास प्रकरण: मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश](http://aarthikbazarnews.com/wp-content/uploads/2023/09/20230910_175759.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १७ प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।
अदालतले गुरूङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरी उनलाई रिहा गर्ने आदेश दिएको हो । गुरुङलाई असार १२ गते सीआईबीले पक्राउ गरेको थियो ।
जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ । धरौटी रकम बेग्लाबेग्लै छ । तोकिएको धरौटी बुझाउन नसके उनीहरु थुनामा जानेछन् । तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको छ ।
कसलाई कति ?
मीनबहादुर गुरुङ – २ करोड ४६ लाख
कलाधर देउजा – १५ लाख
विनोदप्रसाद पौडेल – १५ लाख
रुद्रकुमार श्रेष्ठ – ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ – ७ लाख ५० हजार
गोपल कार्की – ७ लाख ५० हजार
धमनकुमार कार्की – ७ लाख ५० हजार
योगराज पौडेल – ७ लाख ५० हजार
नारायणराज मिश्र – ७ लाख ५० हजार
अरुणकुमार श्रेष्ठ – ७ लाख ५० हजार
लोकहरी घिमिरे – ७ लाख ५० हजार
शिवजी भट्टराई – ३ लाख ३० हजार
ध्रुवप्रसाद अर्याल – ३ लाख ३० हजार
बाबुराजा मर्हजन – १ लाख १० हजार
देवनारायण – १ लाख १० हजार
सकलानन्द – १ लाख १० हजार
सञ्जय महर्जन – १ लाख १० हजार
केशव तुलाधर – साधारण तारेख