![आयल निगमका कार्यकारी निर्देशक थानीले राजीनामा दिए](http://aarthikbazarnews.com/wp-content/uploads/2023/12/unnamed-40.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थानीले आज (मंगलबार) राजीनामापत्र बुझाएका हुन् ।
थानीको राजीनामा भोलि (मंसिर २७) देखि नै लागू हुने मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट थानीलाई सरकारले वि.सं. २०७८ फागुन २६ गते निगम कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
थानीले राजीनामा दिनुको कारण खुलेको छैन । यद्यपी, तीन वर्षका लागि नियुक्त उनको कार्यकाल सकिन लागेको र दलीय भागबण्डामा नियुक्त हुने पदमा आलोपालो मिलाउन सत्तारुढ दलहरूकै सहमतिमा उनले राजीनामा दिएको स्रोत बताउँछ ।