जोडिनुहोस
शनिबार, जेष्ठ १२, २०८१
शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • आयल निगमका कार्यकारी निर्देशक थानीले राजीनामा दिए

आयल निगमका कार्यकारी निर्देशक थानीले राजीनामा दिए

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्‌ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थानीले आज (मंगलबार) राजीनामापत्र बुझाएका हुन्‌ ।

थानीको राजीनामा भोलि (मंसिर २७) देखि नै लागू हुने मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट थानीलाई सरकारले वि.सं. २०७८ फागुन २६ गते निगम कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

थानीले राजीनामा दिनुको कारण खुलेको छैन । यद्यपी, तीन वर्षका लागि नियुक्त उनको कार्यकाल सकिन लागेको र दलीय भागबण्डामा नियुक्त हुने पदमा आलोपालो मिलाउन सत्तारुढ दलहरूकै सहमतिमा उनले राजीनामा दिएको स्रोत बताउँछ ।

985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका