जोडिनुहोस
बुधबार, माघ २, २०८१
बुधबार, माघ २, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकको एजीएमद्वारा लाभांश पारित

गरिमा विकास बैंकको एजीएमद्वारा लाभांश पारित

गरिमा विकास बैंकको साधारणसभाले ५ प्रतिशत नगद लाभांश(करसहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
पुस २९ गते शुक्रबार पोखरामा सम्पन्न अठारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८० /८१ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरेको हो । सभामा प्रस्तुत आ.ब. २०८०/८१ का वार्षिक प्रतिवेदन लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यसैगरी, सभाबाट आगामी कार्यकालका लागि संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकहरुमा दिलिपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुमा विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतिबाट चयन भएका छन् । नवनिर्वाचित सञ्चालकमध्ये बस्याल, श्रेष्ठ र पाण्डे पुराना अनुहार हुन् भने बाँकी नयाँ अनुहार हुन् ।

सभालगत्तै बसेको सञ्चालकहरुको बैठकले बैंकको सञ्चालक समितिको अध्यक्षमा दिलिपप्रताप खाँडलाई मनोनीत गरेको समेत विज्ञप्तिमा उल्लेख छ । यसअघि अध्यक्षको रुपमा श्याप्रसाद बस्यालले काम गरेका थिए ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका