जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

जनरल इन्स्योरेन्स कम्पनी नेपालको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको २०७८ वैशाख २४ मा बसे बसेको संचालक समितिको बैठकको निर्णयले  साधारण सभा स्थगित  गरेकाे हाे ।

हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि संचालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरेकाे कम्पनीले जनाएको छ ।

साधरणा सभा अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले २०७८ बैशाख २६ गतेका दिन साधारण सभा आह्वान गरेको थियो ।

5980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका