जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अब एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ

अब एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ

एटिएम ह्याक प्रकरणको टुंगो नलाग्दै राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । चीनबाट आएका केही चिनियाँ ह्याकरले नेपालका नाम चलेका वाणिज्य बैंकको एटीएम मेसिन मार्फत् करोडौं रुपैयाँ लुटेको घटनाको छिनोफानो नहुँदै राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो ।

राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अब एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा २० हजार रुपैयाँमात्रै निकाल्न सकिने जानकारी दिएको हो । यसअघि एक दिनमा १ लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्थ्यो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रद्धारा हस्ताक्षर भएको निर्देशन अनुसार एटीएमबाट न्यूनतम ५०० रुपैयाँ मात्रै झिक्न मिल्छ ।

7280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?