जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • करोडपति डेपुटी गभर्नर शिवराज श्रेष्ठको सम्पत्ति विवरण

करोडपति डेपुटी गभर्नर शिवराज श्रेष्ठको  सम्पत्ति विवरण

निलम्बनमा परेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ करोडपति छन् ।

श्रेष्ठले राष्ट्र बैंकमा डेपुटी गभर्नरको हिसाबले बुझाएको सम्पत्ति विवरणमा सम्पत्ति तथा बैंक ब्यालेन्स राम्रो रहेको देखिएको छ ।

श्रेष्ठको पैत्रिक सम्पत्ति अन्तर्गत बालाजुमा घर छ । जुन उनको बुवाको नाममा रहेको छ । श्रेष्ठले टोखा नगरपालिका १० मा १९२.६० बर्गमिटरमा बनेको अढाई तले घर रहेको छ ।

श्रेष्ठको श्रीमतिको नामममा टोखा नगरपालिकामा जग्गा रहेको छ । श्रेष्ठ र उनको परिवारको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ६५ हजार ८३५ कित्ता सेयर रहेको छ ।

४० लाख बराबरको बचतपत्रमा समेत लगानी रहेको छ । श्रेष्ठले सम्पत्ति विवरण बुझाउने समयमा एक रुपैयाँपनि ऋण नभएको उल्लेख गरेका छैनन् ।

यस्तै श्रेष्ठ र उनको परिवारसँग ६० तोला सुन तथा ६०० तोला चाँदीको गहना रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा २ करोड रुपैयाँ बचत देखिएको छ ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठको सम्पत्ति विवरण

[pdf-embedder url=”https://aarthikbazarnews.com/wp-content/uploads/2019/11/shiva-raj-asset-pdf.pdf” title=”shiva raj asset pdf”]

5945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?