जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नबिल बैंकको खुद नाफा २ अर्ब ४ करोड

नबिल बैंकको खुद नाफा २ अर्ब ४ करोड

नबिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६.२०% ले घटेको छ । यसअवधिमा बैंकको खुद नाफा २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसै अवधिमा बैंकले २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैङ्कले प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण निजी क्षेत्रको पहिलो बैङ्क नबिलले २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा कमाएको हाे ।

यो नाफा बैङ्कको अघिल्लो वर्षको नाफाको तुलनामा ६.२० प्रतिशत कम हो । नाफा घटे पनि बैङ्कको जगेडा कोष भने १ अर्ब २३ करोड रुपैयाँले बढेर ११ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

बैङ्कले यो अवधिमा ८ अर्ब १४ करोड ब्याज आम्दानी र ४ अर्ब ६९ करोड ब्याज खर्च गरेको छ । गैरब्याजतर्फ २८ करोड ५१ लाख रुपैयाँ आम्दानी र ४ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । ६ महिनाको अवधिमा कर्मचारी खर्च १ अर्ब ७ करोड रुपैयाँ पुग्दा अन्य सञ्चालन खर्च ४३ करोड रुपैयाँ कायम भएको छ ।

बैङ्कले अघिल्लो वर्षभन्दा निक्षेप र कर्जा दुवैमा वृद्धि गरी क्रमशः १ खर्ब ६४ अर्ब र १ खर्ब ४१ अर्ब रुपैयाँ पु¥याएको छ । कर्जामा उच्च वृद्धि र निक्षेपमा सामान्य वृद्धिका बाबजुद पनि सीसीडी अनुपात अघिल्लो वर्षभन्दा भने खुकुलो भएर ७७.२८ प्रतिशतमा झरेको छ । पुँजीकोष अनुपात भने अहिले पनि ११.५२ प्रतिशत छ । यसलाई असार मसान्तसम्म १३ प्रतिशत पु¥याउनुपर्छ ।

बैङ्कको कस्ट अफ फण्ड ६.०२ प्रतिशत र बेसरेट ८.१० प्रतिशत छ । कर्मचारी र सञ्चालन खर्चमा भएको उच्च वृद्धिबीच पनि बैङ्कको कस्ट अफ फण्ड र बेसरेटबीचको अन्तर भने तुलनात्मक रुपमा कम देखिएको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात केही बढ्दा खराब कर्जाको प्रोभिजन केही घटेको छ । बैङ्कको स्प्रेडदर भने ४.९९ प्रतिशत छ ।

7810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका