जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कोरोना सगैं ध्वस्त शेयर बजार– उकास्न के छ उपायहरु?

विचार/ब्लग

कोरोना सगैं ध्वस्त शेयर बजार– उकास्न के छ उपायहरु?

रमेशकुमार भट्टराई, सिईओ, महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लि

कोरोना सगैं ध्वस्त शेयर बजार– उकास्न के छ उपायहरु?

कोरोनाको कहर सगैं सबै देशको शेयर बजार अोरालो लाग्यो।क‍ोरोना संक्रमणबाट वच्न र नियन्त्रण गर्न लकडाउन नै एक मात्र र अन्तिम बिकल्प भए पछि संसारले नचाहेर पनि लकडाउनमा जानू पर्यो।बस्तु अोसार पसार र मानिसको अावागमन ठप्प भए पछि शेयर बजार पनि बन्द हुने नै भयो।नेपालमा  चैत्र १० गतेबाट बन्द भएको शेयर बजार क्रमश थपिदै बैशाख २५ गते सम्म पुगिसकेको छ।४५ दिन लगातार शेयर बजार बन्द हुँदै गर्दा लगानिकर्तामा छटपटि बढदै गईरहेको छ।लकडाउनमा गएका कतिपय देशका शेयर बजार खुल्दै गएका छन।नेपालको बन्द शेयर बजार प्रति अन्तराष्ट्रिय चासो पनि बढन थाले पछि लगानिकर्ता, ब्रोकर,नेप्से र नियामक निकाय पनि सक्रिय हुन थालेका छन र सबै जसो शेयर बजार खोल्नु पर्छ भनी लबिगंमा लागेको पाईन्छ।

लगानिकर्ताको मानसिकता:-
-शेयर बजारमा करिब करिब १८ लाख भन्दा बढि शेयरधनिको लगानि छ।संख्याको हिसाबले ९० प्रतिशत भन्दा बढि साना लगानिकर्ताहरु छन।सानो सानो पुंजी शेयरमा लगानि गरि नाफा कमाउने र खाचो परेको बेला बेचेर काम चलाउने प्रकृतिका लगानिकर्ता बढि छन।पटक पटकको लकडाउन थपिए संगै तीनमा छटपटाहट बढदै गएको छ। उधोग ब्यवसाय सबै बन्द छ,अधिकान्स ब्यवसायीको केही न केही शेयरमा लगानि छ।नगद प्रवाह नभएको अवस्थामा स‍ोहि शेयर बिक्रि गरि काम चलाउन खोज्नेको पनि हात बाधिएको छ।तेसैले सबैको ध्यान शेयर बजार तिर छ।

अहिले शेयर बजार खोल्ने र नखोल्ने बिचको बहस व्यापक हुँदै गएको छ। शेयर बजारका पंडितहरु,ब्रोकरहरु, ठुला लगानिकर्ताहरु कसै गरि पनि बजार खोल्नु पर्छ भन्ने लबिङंमा छन।फागुनमा ईण्डेक्स १६३२ हुदा शेयर बेचेर बसेकाहरु घटेको बजारमा किन्ने दाउंमा छन। कोरोनाको त्रासमा बजार लकडाउन अघि १२५१ पुगेको र खुले पछि पुन: घटने अनुमान गरेकाहरु जसरि नि बजार खोलाउन मरिहत्ते गरिरहेका छन।ठुला लगानिकर्ता जो उधोगि ब्यवसायी पनि छन ती चाहिँ बजार खुले पछि शेयर बाक्रि गरि अाफ्नो खर्च धान्न र  ब्यवसायको चालू पुजीं जोहो गर्ने शुरमा छन।
खरिद बिक्रि दुबैमा कमिशन कमाउने ब्रोकरहरुको अामदानी शून्य भएकोले उनिहरुलाई निन्द्रा लाग्न छोडेको छ। उनिहरु पनि कसैगरि बजार खोल्ने लबिङंमा लाग्नु स्वभाबिकै ह‍ो।ठुला लगानिकर्ता, शेयर पंडित, ब्रोकर तथा अन्तराष्ट्रिय दबावको अगाडि नेप्से र नियमक निकाय सरकारको स्पष्ट निर्देशन नअाएको कारण असहाय देखिन्छन।तर पनि फेस सेभिङंको लागि बजार खोल्नेहरुको कित्तामा उभिएका छन।

तर अर्को तिर रहेका लाखौ साना लगानिकर्ता जो जहिले पनि बढदो बजारमा लोभमा परेर उच्च दरमा किन्ने गरेका छन ती सबै एकदम त्रासमा छन। देशको समग्र अर्थ ब्यवस्था ध्वस्त भएको बेला बजार खुलेमा बढने सम्भावना प्रति बिस्वस्त नभएका ती साना लगानिकर्ता कहि बजार क्र्यास भएर अाफ्नो पुजीं नै डुब्ने त हैन भनी भयभित छन।तेसैले केही ठोस संकेत नअाई लकडाउन भरि बजार खुल्नु हुदैन भन्ने मनासिकतामा छन।

बजार खोल्नु पर्छ पछाडिको तर्कहरु:-
ठुला लगानिकर्ता,ब्रोकर, नेप्से, नियमक निकाय समेत बैशाख २५ पछि लकडाउन होस या नहोस जुन अवस्थामा भए पनि निम्न कारणले शेयर बजार खोल्नु पर्छ भनिरहेका छन।
१)बजार खुले पछि संक्रमण अवस्थामा पनि लगानि गर्ने उपयुक्त स्थान शेयर बजार नै भएकोले लगानिकर्ता उच्च मनोबलका साथ खरिद बिक्रिमा लाग्ने।
२)विश्व परिबेशमा लकडाउन पछि खुलेका अधिकाशं देशका शेयर बजार बढेको छ, नेपालको बजार नि बढने।
३)नेपालको शेयर कारोबारको ८० प्रतिशत भन्दा बढि हिस्सा बैकं,बिकास बैकं,लघु बित्त,बित्त कंपनि,बीमा कंपनिहरुको रहेको छ।यी सबै नाफामा रहने भएकोले बजार घटने संभावना नरहेको।
४)कोरोनाको प्रारम्भ सगैं फागुनको मध्य तिर रहेको शेयर ईण्डेक्स १६३२ र कारोबार रकम ४ अर्ब ८४ करोड थिय‍ो।कोरोना असर बढदै जादा  घटेर १२५१ र रकम १९ करोड ४६ लाख भैसकेकोले कोर‍ोना करेक्सन पहिले नै भैसक्यो।अब पुन: घटने संभावना नरहेको।
५)लकडाउन अवधिमा कर्जा प्रवाह नभई बैकंहरुमा तरलता बढने र र बढेको फण्ड सजिलो ,छिटो र सुरक्षित तरिकाले कर्जा प्रवाह गर्ने क्षेत्र शेयर नै भएकोले थप कर्जा प्रवाह हुने।
६)बिगतको ईतिहास हेर्दा पनि बियरिस ट्रेण्ड पछि बुलिस ट्रेण्ड अाउने भएकोले अब बजार बढने संभावना रहेको।
७)अर्थतन्त्र सोचनिय अवस्थामा भएकोले शेयर बजार प्रति सरकारको पनि सकारात्मक प्रयास रहने र संस्थागत लगानिकर्ता नि प्रबेश गरि बजारलाई तल अाउन नदिने।

बजार खोल्न हुन्न पछाडिका तर्कहरु:-
कोरोना समस्याको प्रभावकारी र ठोस ब्यवस्थापन नगरि बजार ख‍ोल्दा क्र्यास हुने संभावना र यसबाट लाखौ स‍ोझा  साझा लगानिकर्ताको लगानि डुब्ने डरलाई नि बिचार पुर्याउनुु जरुरी छ।
१) भारत लगायत बिकसित देशको शेयर बजार पुर्णत स्वचालित भई सकेकोले घर घरबाट कारोबार गर्न सक्ने भएकोले लकडाउनमा पनि कार‍ोबार संचालन गरे।हामी कहाँ
शेयर अर्डर र ईडिअाईएसबाट शेयर ट्रान्सफर बाहेक सबै म्यानुअल तरिकाले संबन्धित कार्यालयमा गएर गर्नु पर्ने भएकोले लकडाउन हुन्जेल कारोबार गर्न गराउन संभव नै नहुने।
२) अमेरिका भारत लगायत धेरै देशले क‍रोनाको कारण ध्वस्त अर्थ ब्यवस्थालाई  पुनरोत्थान गर्न राज्यको ढुकुटिबाट अर्बौ खर्बौ स्टिमुलस(नगद) लगानि गर्ने घोषणा गरे।लकडाउन पछि बजार खोल्दा ईण्डेक्स बढेको देखियो।भारतिय रिजर्भ बैकंले ५०००० करोड,अमेरिकाले १ खर्ब डलर,मलेशियाले ४.६ अर्ब डलर,टर्किले १५.४ अर्ब डलर, ईटलिले २७.३ अर्ब डलर जस्तै प्राय:धेरै देशले उधोग ब्यवसाय र बेरोजगारलाई राहत दिने भए। हामी कहाँ लकडाउन भएको ४० दिन भईसक्दा पनि सरकार र केन्द्रिय बैकं उधोग ब्यवसाय र पिडित बर्गलाई बचाउन राहतको ठोस कार्यक्रम र थप लगानिको घोषणा गर्न सकेका छैनन।अनि के अाशामा बजार खुले पछि बढने हो, क्र्यास नै हुने धेरै संभावना रहेको।
३) शेयर कारोबार पोर्टफोलियोको ८० प्रतिशत बैकं,बिकास बैकं, फाईनान्स कंपनि, लघु बित्त, र बीमा कंपनिक‍ो छ।अहिले सम्म हेर्दा सुरक्षित देखिन्छन।सबैको अनुमान बजार खुल्दा यी कंपनिको शेयर मूल्य घटदैन।११ चैत्रबाट लकडाउन भएकोले पहिलेको मुनाफा र प्रोभिजनमा चलखेल गरि तेश्रो क्वाटरको बैलेन्सिट राम्रो अाउला।तर  ऋणको ब्याज दर कटौती, शून्य सावा ब्याज असुलि,अन्य जिरो अामदानी र लकडाउन पछिको चेन असरले २०७७ अाषाढमा प्रोभिजनमा चलखेल गरिएन भने सबैको बित्तिय अवस्था नाजुक हुने निश्तित छ।तेसैले २०७६ चैत्रको बासलात हेरि शेयर खरिद गर्ने सबै फस्ने पक्का छ।अनि खुलेको बजारमा टाठा बाठा बिक्रि गरि निस्कने र फस्ने चाहिँ उहीँ स‍ोझो साना लगानिकर्ता नै हुने।

बजार खोलाउने र टिकाउने उपायहरु:-
शेयर बजारमा मागं र अापुर्तिले कारोबारको मात्रा र ईण्डेक्सलाई निर्धारण गर्ने हो।मांग राम्रो हुनलाई कंपनिको परफरमेन्स,ईमेज र प्रतिफल राम्र‍ो हुनु जरुरी छ।पुजीं बजार प्रति नियमक र सरकारको सकारात्मक सोच र सोही अनुसार नीति र कार्यक्रम अाउनु पर्छ।अनि समग्रमा देशको अर्थतन्त्रको भबिष्य राम्रो देखिनु पर्छ।बिकसित मुलुक जस्तो शेयर बजार हामी कहाँ अझै परिपक्व हुन सकेको छैन।नियमक निकाय र मन्त्रीहरुले न सोचेर जे पनि बोलिदिने,कंपनिहरुको भित्रि सुचनाको गलत तरिकाले प्रयोग हुने,शेयर खेलाडिहरु नै संचार माध्यममा बनावटि समाचार निकाल्न लगाई शेयर कारोबारलाई प्रभावित गर्ने कार्य हामी कहाँ सामान्य कुरा भैसकेको छ।तेसैले यी सबै कुराहरुलाई बिचार गरि लकडाउन खुले पछि मात्र निम्नानुसार वातावरण नि बनाउदै जाने र सुरुमा सिमित कारोबार गर्दै लगानिकर्ताक‍ो मन‍ोबल बढाउदै कारोबार बृद्धि तर्फ लाग्नुमा नै सबैको हित छ।
१)केन्द्रीय तथ्याकं बिभागले हालै मात्र ८ प्रतिशतको अार्थिक वृद्धि दरको लक्ष कोरोनाको कारण २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।भन्नुको अर्थ कृषि बाहेक सबै क्षेत्र गंभिर संकटमा पर्ने देखिन्छ।कोरोना प्रभावित देशले अर्थतन्त्र उकास्न जिडिपिको १४ प्रतिशत सम्मको स्टिमुलस लगानि गरेका छन।नेपालले पनि कुल जिडिपि ३२ खर्ब ९ अर्बको ३ प्रतिशत बराबर १ खर्बको राहत प्याकेज डबैकं ,उधोग ब्यवसाय, बेरोजगार ब्यक्ति,कृषक र श्रमिकको लागि घोषणा गर्नु पर्छ।येसले लकडाउन पछि खुल्ने शेयर बजारलाई उकास्न मदत गर्छ।
२)शेयर कारोबार पुर्णत स्वचालित गर्ने भनेको पनि लामो समय भैसक्यो।अब निस्चित समय तोकेर बैकं ,ब्रोकर , लगानिकर्ता ,डिपि, सिडिएससि र क्लियरिङं बैकं खाता संगको ईन्ट्रेगेशन छिटो गर्ने र अाईपियस भुक्तानिको सिमा बढाउन प्रयास गर्ने।
३)सबै लगानिकर्ताक‍ो मेरो शेयरमा खाता खोल्न लगाउने र खाता हुनेको रु १०० लिएर गरिने नबिकरण यो पटकलाई स्वतःगर्ने वा अाषाढ भित्र शुल्क लिने गरि गर्ने।
४)शेयर कारोबार बढाउन बैकं कर्जाको ठूलो भुमिका हुन्छ।६५ प्रतिशत सम्म कर्जा र २० प्रतिशत घटदा सम्म मार्जिन कल नगर्ने  ब्यवस्था रहेको छ।शेयर कर्जाको जोखिममा बैकंलाई पनि सुरक्षित राख्ने गरि हालको शेयर मुल्यको रकममा सावा ब्याज गरि ८० प्रतिशत भित्र हुने गरि नबिकरणको सुबिधा दिनु पर्ने।थप शेयर कर्जा दिन नेराबैकंले सरल प्रक्रियाको निर्देशन जारि गर्नु पर्ने।
५)बिकसित देशमा नगद लाभाशंले शेयर मूल्य बढछ भने हामी कहाँ बोनस शेयरले बजार बढाउछं।क‍ोरोनाको असरबाट बैकिङं क्षेत्रको बित्तिय संतुलन कायम राख्न तथा तरलताको कमि हुन नदिन भारतको केन्द्रीय बैकंले नगद लाभाशंमा र‍ोक लगाई सक्यो।नेपाल राष्ट्र बैकंले बैकिङं क्षेत्रमा,बीमा समितिले बीमा कंपनिमा र सरकारले दुरसंचार,नागरिक लगानि कोष लगायतमा नगद लाभाशं बितरणमा रोक लगाउनु पर्छ।बोनस शेयरको अाशामा बजार घटन पाउदैन।
६)लकडाउन पछि शेयर बजार पुर्ण रुपमा खोल्दा कोरोनाको भयावह असरको कारण अझै क्र्यास हुने ठूलो संभावना छ।संकटको अवस्थामा नियन्त्रित कारोबार गर्नु उत्तम हुन्छ।अत: पहिलो हप्ता १ घण्टा कारोबार समय र एक ब्यक्तिले प्रति  कंपनि ५०० कित्ता खरिद बिक्रि गर्ने,दोश्रो हप्ता २ घण्टा १००० कित्ता,तेश्रो हप्ता ३ घण्टा ३००० कित्ता र चौथो हप्ता देखि पुर्णकालिन खोल्दा असर कम हुँदै जान्छ र संभावित क्र्यासलाई र‍ोक्न नि सकिन्छ।१० प्रतिशतको सर्किट ब्रेकरलाई केहि समय ५ प्रतिशतमा राखि अनुगमन र नियन्त्रण गर्न सकिने।
७)शेयर बजारमा लगानिकर्ताको मनोबल उठाउन र बजारलाई गिर्नबाट जोगाउन संस्थागत लगानिकर्ता, डिलर, मार्केट मेकर, म्यचुअल फण्ड, बीमा कंपनि,संचयकोष लगायतलाई लगानि गर्न प्रोत्साहन गर्ने तथा सरकार र  राष्ट्र बैकंले नीति नियम बनाउदा शेयर बजारलाई सप‍ोर्ट हुने गरि बनाउने र सकारात्मक रुपमा सार्बजनिक धारणाहरु राख्ने।
८) सरकारक‍ो राजस्वको श्रोत कम हुँदै गएको छ।पुजींगत लाभ कर घटाउन न सकिए पनि ब्यक्तिगत लगानिकर्ताको अग्रिम काटिएक‍ो करलाई अन्तिम मानिने ग्यारेन्टि गर्दा पनि लगानिकर्ताक‍ो मनोबल बढने देखिन्छ।

यसरी समग्रमा भन्नु पर्दा देशको ढुकुटिबाट उधोग ब्यवसाय ,बैकं र अन्य क्षेत्रलाई ठोस राहतको घोषणा गरि शुरुको केही दिन नेप्सेमा नियन्त्रित कारोबार गरि क्रमश:  बढाउदै लग्दा क्र्यास हुनबाट ज‍ोगांउछ र लगानिकर्ताको मनोबल पनि बढि सबैको हित हुने देखिन्छ। (रमेशकुमार भट्टराई, सिईओ, महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लि)

5615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका