जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सेञ्चुरी बैंकले दियो शेयरधनीलाई राहत, ३% अन्तरिम लाभांश वितरण गर्ने

सेञ्चुरी बैंकले दियो शेयरधनीलाई राहत, ३% अन्तरिम लाभांश वितरण गर्ने

सेञ्चुरी बैंक (CCBL) का शेयरधनीले लकडाउनको समयमा राहत पाएका छन्। कोरोना भाइरस संक्रमणका कारण गत आथिक वर्षको साधारण सभा स्थगित भएपछि बैंकले आफ्ना शेयरधनीलाई अन्तरिम रुपमा नै ३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

उक्त लाभांश फागुन ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन्। यसअनुसार बैंकले चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने २५ करोड २४ लाख ६४ हजार १४७ रुपैयाँबाट कर कट्टी गरी २३ करोड ९८ लाख ६० हजार ९३९ रुपैयाँ लाभांश वितरण गर्नेछ।

यसले शेयरधनीलाई यो महामारीको विषम समयमा राहात दिने विश्वास बैंकको छ। यहि उदेश्यले बैंक सञ्चालक समितिले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको हो। सञ्चालक समितिबाट प्रस्तावित २ बोनस शेयर र बाँकी १.७५ प्रतिशत नगद लाभांश भने साधारण सभाबाट लाभांश अनुमोदन भएपश्चात मात्र वितरण हुने बैंकले जनाएको छ।

बैंकले आव २०७५।७६ को मुनाफाबाट चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५७ लाख ७१ हजार ५७६ रुपैयाँको ४.७५ प्रतिशत (३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ) नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्न यसअघि नै राष्ट्र बैंकबाट अनुमति पाइसकेको छ।

बैंकले गत आवबाट २ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद गरि कूल ६.७५ प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्नेछ।

10955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका