जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दर्जनौ बीमा कम्पनीबाट सयौं कर्मचारी निश्काशन, बीमा समितिका अध्यक्ष चापागाई भन्दछन्ः– खर्च घटाउ भनेको हो, कर्मचारी हटाउ भनेको होइन

दर्जनौ बीमा कम्पनीबाट सयौं कर्मचारी निश्काशन, बीमा समितिका अध्यक्ष चापागाई भन्दछन्ः– खर्च घटाउ भनेको हो, कर्मचारी हटाउ भनेको होइन

अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाईरसबाट विश्व अहिले रोहिरहेको मात्रै छैन । लाखौले ज्यान गुमाएका छन् । दशैं लाख यो महामारी विरुद्ध अस्पताल भित्रैबाट लडिरहेका छन् । यो कोरोना महामारीले नेपाल पनि अछुतो पक्कै छैन । ३ जनाको दुखद निधन भएके छ । ५ सय भन्दा बढि कोरोनासंग लडिरहेकाछन् । देशको अर्थतन्त्र तहसनहस भएको छ । गरिब, निमुखा, मजदूरको चुलो बल्न छाडेको छ । साना भन्दा बढि ठूला हुने खानेहरु बैंक ब्याज छुट देखि राहत मागिरहेका छन् । यस्तो विपत र विषमको कठिन अवस्थमा नेपालका दर्जनौ जीवन र निर्जीवन बीमा कम्पनीहरुले सयौं करारमा राखिएका कर्मचारीहरुलाई निस्काशन गरेको समाचार प्राप्त भएको छ ।

नेपालका घर घराना र माडवाडी समूदायको ठूलो शेयर भएका निजीवन बीमा कम्पनी सिद्धार्थ इन्स्यारेरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनलर इन्स्योरेन्स कम्पनी, यूनाईटेड इन्स्योरेन्स कम्पनीहरुले १ सय भन्दा बढि कर्मचारीलाई कोरोना भाईसरको मौका छोपी निस्काशन गरेको खुलेको छ । भनिन्छ ति नै साना कर्मचारीबाट बीमा लेख ल्याउने र मासिक ५÷६ लाख तलब र भत्ता लिने यी कम्पनीका सीइओ साबहरुलाई कसले छुने ? कहाँ छ बीमा समिति अब यसको उत्तर अर्थमन्त्री डा.युवराज खतिवडालेनै दिने बेला आएको हो त ?

निजीवन बीमा कम्पनी मात्रै होइन नयाँ र पूराना जीवन बीमा कम्पनीहरुले पनि यहि महामारीकै मौका छोपी सयौं साना कर्मचारीहरुको रोजीरोटी बन्द गरेको समाचार प्राप्त भएको छ । आगामी असार मसान्त २०७७ सम्मका नियुक्त भएका सयौ कर्मचारीलाई निस्काशन गर्ने जीवन बीमा कम्पनी, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी माडवाडी समुदायको एकलौटी लगानीको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी आफूलाई अब्बल भन्दै आएको रिलाइन्स लाईफ इन्स्योरेन्स कम्म्पनीले यस्तो विषम र विपतको घडीमा सयौ कर्मचारीलाई निस्काशन गरेको खुलेको छ ।

केही दिन अगाडी बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले सबै सीइओहरुलाई बोलाएर खर्च घटाउन र कर्पोरेट सुशासनलाई उच्च र मर्यादित राख्ने मौखिक निर्देशन दिए संगै जीवन बीमा कम्पनी र निजीवन बीमा कम्पनीहरुले साना करारमा नियुक्ति गरिएका कर्मचारी भटाभट हटाउने र प्रचार प्रसारका लागि राखिएको खर्च घटाउदै आएको देखिन्छ । हो पीडा सबै ३ करोड नेपालीहरुलाई नै छ । तर, यो बेला हुनेले नहुनेलाई दिने बेला चाहि पक्कै हो ।

यस्तो बेला कर्मचारी हटाउने, राज्यको कोरोना कोषमा आफ्नो महंगो तलब भत्ताबाट १ पैसा पनि नदिने आफै मात्रै बाँचौ भन्ने सीइओ साबहरुलाई चाहि के भनु हुन्छ भनी पंक्तिकारले गरेको प्रश्नमा बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईले भनेः– यस्तो कठिन र अप्ठ्यारो बेला १ जना कर्मचारीले पनि रोजगारी गुमाउनु हुँदैन भन्ने हाम्रो कुरा हो । मैले पनि सुने केही कम्पनीहरुले कर्मचारीलाई हटाएको भन्ने यो राम्रो पक्ष पक्कै होइन । हामीले खर्च घटाउन निर्देशन दिएका हौं । कर्मचारी हटाउन होइन । उनीले थपे यो बेला सबैलाई गाह्रो र पीडा पक्कै छ । तर, मौका छोपी कर्मचारी हटाउन पाइदैन । करार सकिएको रिनो नहोला तर, समय रहेकालाई हटाउन पाइदैन । सहि कुरा के हो यसबारे हामीले यथार्थ बुझी मौखिक वा लिखित निर्देशन नै जारी गर्नु पर्ने भए पनि गर्ने छौं ।

एक अर्को प्रश्नमा अध्यक्ष चापागाईले भनेः– कर्मचारी कम्पनीको औजार हुन् । उनीहरुको मनोबल उच्च बनाउँदै यस्तो बेला थप सुविधा दिनुको साटो रोजी रोटी नै खोस्नु चाहि गलत हो । यो तत्कालै बन्द गरिनु पर्दछ ।

नेपालका दर्जनौ निजीवन बीमा कम्पनीहरुले आफ्ना करारका र घर गाउँपुगेका लकडाउनका कारण काममा नआएका कर्मचारीहरुलाई स्पष्टिकरण सोधी कारवाही गर्ने चेतावनी दिएको समेत खुलेको छ ।

यस बारेमा नेपाल बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे भन्दछन्– यस्तो सुन्न चाहि आएको छ । करार अवधी थप नगरेको गुनासो पनि आएका छन् । तर, यस्तो बिषम र विपतका बेला कर्मचारी हटाउनु हुँदैन । उनीहरुलाई मोटिफाई गरी उच्च मनोबलका साथ काममा लगाउने हो । हाम्रो कर्मचारी सम्पत्ती हुन् । उनीहरुको उच्च मनोबल सधै नेतृत्वले दिनुपर्दछ ।

उनीले थपे कसले किन र कसरी निस्काशन गर्नु भयो मलाई थाहा छैन । तर, मेरो कम्पनीमा १ जनाले पनि जागिर छोड्न पर्दैन । कम्पनीका केही करारका नियुक्ती रिनो नभएको चाहि सुनिएको छ । तर खर्च घटाउने नाममा यस्तो बेला कर्मचारी नै हटाउनु चाहि दुखद पक्ष नै हो ।

यता जीवन बीमा कम्पनीहरुले त अधिकाशं ६ महिना पछि स्थायी गर्न पत्र नै दिएकालाई समेत यहि मौका छोपी २०७७ असार मसान्तको मिति भए पनि निस्काशन पत्र इमेल मार्फत कर्मचारीलाई पठाएको भेटिएको छ । यसबारेमा जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे भन्दछन्ः– कसले के ग¥यो ।

त्यो आफैमा दुखद पक्कै छ । तर, सीइओहरुको टाउँकोमा मात्रै थुपार्ने काम गलत हो । संचालक समिति होला । बीमा समिति होला नि छलफल र बहस गरी समस्या समाधान गरिनु पर्दछ । उनीले थपे अधिकाशं कम्पनीहरुमा कर्मचारी यूनियन नभएका ठाउँमा यस्तो समस्या छ भनिन्छ । तर, मेरो कम्पनीमा एकजनाले पनि जागिर छोड्नु परेको छैन र हटाईएको पनि छैन ।

उनीले अर्को एक प्रश्नमा भनेः– लकडाउनमा घर पुगेका कर्मचारीहरुले पनि कम्पनीको कुरा बुझ्नु पर्दछ । मेरो गोरुको १२ टक्का भन्नु हुँदैन । काममा आउनु प¥यो नि । व्यापार गाउँघरमा पनि गर्न सकिन्छ । बीमा लेख गर्न सकिन्छ । तर, चुप लागेर नेतृत्वलाई गाली गर्न पाइदैन नि ।
पछिल्लो समय आएको नयाँ दुई जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी र युनियन लाईफ इन्स्योरेन्स कम्पनी बेला बखत चर्चामा आउने जीवन बीमा कम्पनी भित्र पर्दछ । यी कम्पनीहरुबाट पनि केही कर्मचारी कटौती गरेको भन्ने समाचार आएपछि सीइओ सावहरुको प्रतिक्रिया फरक फरक रहेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सीइओ रमेश कुमार भट्टराई भन्दछन्ः– यो बेला हामीले कुनै कर्मचारी राख्ने र निकाल्ने काम गरेका छैनौ । सबैलाई तलब दिएकै छौं । सानो ठूलो व्यापार पनि गरेका छौं । महालक्ष्मी लाईफले अप्ठ्यारोमा साथ दिन्छ । दुख दिँदैन । कसैलाई पनि मैले राज्यलाई आफ्नो २ महिनाको तलब नै दिए कर्मचारीको रोजी रोटी खोस्ने नैतिकता मसंग छैन । यो मबाट हुँदैन ।

यता यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले समेत कर्मचारीलाई हटाएको बारे प्रतिक्रिया माग्दा सीइओ मनोज कुमार लाल कर्ण भन्दछन ः– यो बेला थप सुविधा दिएर हामीले कर्मचारी राखी रहेका चाहि छौं । बोर्डको निर्देशन पनि यहि छ । कारखाना चलाउनेलाई घर जाउ भन्न मिल्दैन । यस्तो कोरोना भाईरसका पीडाका बेला सबै मिलेर काम गर्नु पर्दछ । कसैले पनि कुनै प्रकारको कर्मचारी हटाउनु हुँदैन । हाम्रोमा कसैको जागिर गएको छैन । उनीले थपे, हाम्रो विर्तामोडको शाखा नजिक क्वाराईनटाइनको अफिस छ । त्यहाँका कर्मचारीलाई घरबाटै काम गर्न भनेका छौं । सबै सेवा सुविधा दिन्छौं । यस्तो पापकाम यूनियन लाईफबाट हुँदैन नि ।

जे भएपनि यस्तो विषम र विपतको बेला कर्मचारी र ग्राहकलाई राज्यले छुट र राहत देउ भन्दै गर्दा रातारात कोरोनाको मौका छोपी सयौं कर्मचारीको रोजीरोटी खोस्नु स्वर्ग जाने बाटो बन्द गर्नु हो भन्न अब चाहि पछि पर्नु हुँदैन । सचेत भया ।

45390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका