जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • आईएफसीले एनएमबी बैंकलाई ३ अर्ब ऋण ..?

आईएफसीले एनएमबी बैंकलाई ३ अर्ब ऋण ..?

विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले एनएमबी बैंकलाई झण्डै ३ अर्ब रुपैयाँ अर्थात २ करोड ५० डलर ऋण दिने भएको छ । आईएफसी र एनएमबी बैंकबीच मंगलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।यो रकम हरित आयोजना र साना तथा मध्यम व्यवसाय प्रवद्र्धनमा लगानी हुने भएको छ । आगामी सन २०२५ मा एनएमबीको एसएमई पोर्टफोलियो १ अर्ब डलर पुग्ने आईएफसीले जानकारी दिएको छ । यसबाट आगामी ५ वर्षमा थप ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने अपेक्षा आईएफसीको छ ।

साना तथा मझौला व्यवसाय नेपालको आर्थिक वृद्धिको मुख्य इन्जिन भएको र जसले कुल ग्रास्र्थ उत्पादन (जीडीपी) मा २० प्रतिशत र रोजगथारीमा ६० प्रतिशत योगदान गरेको छ । यसबाट एनएमबीबाट साना मझौंला व्यवसायमा दोब्बर कर्जा लगानी बढन गई ठुलो संख्यामा रोजगारी सिर्जना हुने आईएफसीले जानकारी दिएको छ ।
एनएमबी बैंकले जलविद्युत, कृषि, लघुवित्त, पूर्वाधार उद्योग, पर्यटन र साना तथा मझौला उद्योगमा लगानी गरेर अर्थतन्त्रलाई गति दिइरहेको छ । आईएफसीसंगको ऋण सम्झौताले हरित परियोजना र साना तथा मझौला उद्योगमा कर्जा लगानी विस्तार हुने एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए ।

5505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका