जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कामना सेवाले एक्यानका सदस्यलाई बिना धितो १५ लाखसम्मकाे कर्जा दिने

कामना सेवाले एक्यानका सदस्यलाई बिना धितो १५ लाखसम्मकाे कर्जा दिने

कामना सेवा विकास बैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघ(एक्यान)मा आवद्ध सदस्यहरुलाई बिना धितामो प्रोफेशनल कर्जा दिने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच द्विपक्षीय सम्झौता भएको हो ।

द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकैदिनमा बिना धितोमा १५ लाख रुपैयाँसम्मको प्रोफेशनल कर्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु विस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए ।

साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको धितालले जानकारी गराए । आगामी दिन यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासंग समेत समझदारीको लागि छलफल भैरहेको धितालले जानकारी दिए ।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एक्यानका तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन् ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखाव्यवसायको संरक्षण एवम् सम्बर्द्धन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा व्यवसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो । यो संघ चार्टड एकाउटेण्टहरुको छाता संगठन भएकोले लेखापरीक्षण, लेखा तथा लेखामान, करपरीक्षण, कर परामर्श, कानुनी परामर्श आदि विषयमा विज्ञहरुको जम्मा हुने थलो हो ।

7005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका