जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • सनराइज बैंकद्वारा गैह्रिधारा चोकमा ट्राफिक लाईट स्थापना

सनराइज बैंकद्वारा गैह्रिधारा चोकमा ट्राफिक लाईट स्थापना

सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रमा कार्यहरु गर्दै आएको सन्राइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडी गैह्रिधारा चोकमा सेमी प्रोटेबल ट्राफिक लाईटको स्थापना गरी उद्घाटन गरेको छ । आज भएको उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराई र काठमाडौं वडा नं. १ का सचिव अशोक कुमार श्रेष्ठले संयुक्त रुपमा उक्त लाईटको उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै जनक शर्मा पौड्यालले बैंकले स्थापना गरेको यस ट्राफिक लाईटले यातायत व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताको विकास गर्न मदत गर्ने साथै काठमाडौंलाई सुरक्षित, अनुशासित र सभ्य शहरको रुपमा अघि बढाउन मदत गर्ने जनाउनु भयो । उक्त कार्यक्रममै ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक जनक भटराईले यस्तो प्रविधियुक्त ट्राफिक लाईट काठमाडौंका चोक चोकमा राख्ने उद्देश्य राखेको र सन्राइज बैंकले सो उद्देश्यमा साथ दिई शहरको सभ्यताको परिचय विकास गर्न सहयोग पु¥याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

सन्राइज बैंकले यस अघि पनि शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका विभिन्न क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरु गरिसकेको र आगामी दिनमा पनि गर्दै जाने छ ।

 

6030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?