जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ । बैंकका संचालक प्राडा हेमराज सुबेदीले एक कार्यक्रमकाबिच उक्त सेतो छडी अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

बैंकद्वारा हस्तान्तरण गरीएको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्बास बैंकले लिएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

7880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?