जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • नेपालमा कहिले देखि शुरु भयो बैंक ?

नेपालमा कहिले देखि शुरु भयो बैंक ?

मेनुका आचार्य । नेपालको इतिहास पल्टाउने हो भने १९९४ देखि जनताले बैकिङ्ग पहुँच भएको देखिन्छ । १९९४ मा नेपाल बैंक्को स्थापना भएपछि वि.सं.२००४ मा मात्रै नेपालमा कागजी नोटको प्रचलन शुर भएको तथ्य देखिन्छ । नेपालमा बैंक स्थापना गर्ने सहमती दिने र नोट छाप्नकै लागि २०१६ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भएको इतिहास हामीसँग साक्षी छ । विश्वमा कहिले र कुन देशमा बैंक् स्थापना भयो । सबै भन्दा पहिला १४७२ मा इटलीमा बैंक स्थापना भएको इतिहास भेटिएको छ ।

चर्चित ८ पूराना विश्वका ५ बैंकको इतिहास कस्तो छ त? हामीलाई चासो हुन सक्दछ ।
आज नेपालमा २८ वटा वाणिज्य बैंकछन् समयौ विकास बैंक छन् ।त्यतिकै मात्रामा सयौ विकास बैंक छन् । नेपालको वित्तिय पहुँचमा अझै आधा जनता छैनन् । यो दुभाग्र्य मात्रै होइन लाजमर्दो अवस्था हो ।

गाउँ दुरदराजमा अझै सिरानी भित्री हजार हजारका नोट राख्ने प्रचलन छ । पछिल्लो अवस्थामा स्थानीय तहमा बैंक पुगेका छन् । केही रकम बैंकमा आएपनि ठूलो रकम गाउँघरमा ब्याज दिएर एक अर्कालाई दिने प्रचलन अझै पनि छ ।

बैंक अफ न्यूयोर्क
१७८४ मा अमेरिकाको न्यूयोर्कमा स्थापित बैंक अफ न्यूयोर्क संसारको पाचौँ पुरानो बैंक हो । अहिले बैंक अफ न्यूयोर्क मेलनको नामबाट परिचित यस बैंकको स्थापनामा एलेक्जेण्डर ह्यामिल्टनको ठूलो योगदान रहेको छ । उनले बैँकिङ कानुन निर्माण गरेर बैंक अफ न्यूयोर्क स्थापना गरे । सन् १७९२ मा न्यूयोर्क स्टक एक्सचेन्जको स्थापना हुँदा शेयर कारोबार गर्ने पहिलो कम्पनि बैंक अफ न्यूयोर्क थियो । सन् २००७ मा यसको नाम परिवर्तन गरिएको हो ।

द बैंक अफ स्कटल्याण्ड
१६९५मा स्थापना भएको बैंक अफ स्कटल्याण्ड त्यहाँको पैसा छाप्ने पहिलो बैंक हो । अहिले हलिफ्याक्स बैंक अफ स्कटल्याण्डको नामबाट परिचित यो बैंक स्कटल्याण्डको एडिनबर्गमा रहेको छ ।

सी होर एण्ड को सन् १६७२ मा लनडन सहरमा स्थापित यस बैंकले इंगल्याण्डमा आधुनिक बैँकिङ तथा कागजी नोटको प्रचलन ल्यायो । निजी स्वामित्वमा स्थापना भएको सो बैंक अहिले पनि पारिवारिक रुपमा चलेको छ । सर रिचार्ड होरको व्यवस्थापनमा बैंक सञ्चालन भइरहेको छ ।

बेरेनबर्ग बैंक
सन् १५९० मा स्थापित यो बैंक जर्मन बैंक हो । जर्मनीको हमवर्गमा स्थापना भएको सो बैंक दुई दाजुभाई ह्यान्स र पल बेरेनवर्ग मिलेर खोलेका थिए । कपडाको आयात निर्यात व्यवसाय गर्ने सो दाजुभाइले खोलेका सो बैंकका कारण हमवर्ग सहर आर्थिक गतिविधिमा बढि क्रियाशील बन्यो ।

बान्सा मोन्टे डीपस्सी डी सीना इटलीको सीना सहरमा अवस्थित यो बैंक संसारकै सबैभन्दा पहिलो बैंक हो । सन् १४७२ मा यसको स्थापना भएको थियो । गरिबहरुलाई च्यारिटीको माध्यमबाट उकास्ने उद्देश्यले को स्थापना गरिएको थियो ।आर्थिक बजार मासिक

9200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका