जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कुमारी बैंक लि. र मेरिना ईम्पेक्स बीच सम्झौता

कुमारी बैंक लि. र मेरिना ईम्पेक्स बीच सम्झौता

कुमारी बैंक लिमिटेड र मेरिना ईम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाई सम्बन्धी सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सहकार्य पश्चात मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाल लगायत विभिन्न शाखाहरुबाट सर्टिङ्ग, सुटिङ्ग लगायत सम्पूर्ण सिलाई सम्बन्धी सेवाहरुमा बैंकको डेबिट÷क्रेडिट कार्डवाट भुक्तानी गरेमा कार्डवाहकहरुले २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेरिना ईम्पेक्सका तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गर्नुभएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

8950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका