जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित

नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज् अफ नेपालको आयोजना गर्न थालेको छ ।  हिरोज् अफ नेपालको दोस्रो संस्करणमा भने नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौंको माया पाउन सफल शेफ सन्तोष शाहलाई सम्मानित गरिएको छ ।

शेफ सन्तोष शाहले युकेको मास्टरशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका छन् ।

शेफ सन्तोष शाह, अनिल केशरी शाह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, शेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा बोल्नुका साथै उनको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गरे ।

यो कार्यक्रमबाट हामी प्रे®णादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएका छौं । उक्त कार्यक्रममा बैंकको उच्च व्यव्ँस्थापन तहका अधिका®ीहरूको समेत उपस्थिती थियो ।

10635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका