जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट भुक्तानी

सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट भुक्तानी

बैंकिङ खबर/सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको जनाएको छ ।

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक, कपिलमणि ज्ञवाली बीचको सम्झौतामा हस्ताक्षर भएपछि उक्त सेवा कार्यान्वयनमा आएको हो ।

यस अन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुबै किसिमको कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेट बाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

उक्त रकम हरेक महिनाको १५ गते भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । नतिरेको अबस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्नेछ ।

“खल्तिले सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । हामीलाइ विश्वास छ कि यो सेवाले मानिसहरुको भुक्तानी प्रक्रियालाइ सरल र सहि बनाउन थप टेवा पुग्नेछ” खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक भुर्तेलले भने । “उक्त सेवा संचालनमा आएपछि खल्तीबाटै कोषमा रकम जम्मा गर्न व्यक्ति तथा संगठित संस्थाहरूलाइ निकै सहज हुने अपेक्षा हामीले गरेका छौँ ” भुर्तेल ले बताए ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक, ज्ञवालीले भने, “सामाजिक सुरक्षा कोषको रकम संकलन गर्ने सन्दर्भमा खल्ती सँग अत्यन्त छोटो समयमा गरिएको यो सहकार्यले सत्तहत्तरै जिल्लामा छरिएर रहेका कर्मचारीहरुलाई चौबिसै घण्टा रकम जम्मा गर्ने सुविधा हामीले दिन पाएकोमा ज्यादै खुशी छौँ । यो सफलताको पछाडि व्यवस्थापक र प्राविधिक पक्षको ठुलो हात रहेको हुँदा वहाँहरुलाइ हृदय देखि नै धन्यवाद दिन चाहान्छु । यो सेवाले खल्ती डिजिटल वालेट र सामाजिक सुरक्षा कोष दुबैको प्रतिष्ठा बढाउन थप मद्दत मिलेको छ” ।

’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ खल्तीले जनाएको छ ।

5880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?