जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आन र मुक्तिनाथ विकास बैंक लि.बीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्वन्धमा सम्झौता

आन र मुक्तिनाथ विकास बैंक लि.बीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्वन्धमा सम्झौता

नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंक लि.बीच आइतबार आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्वन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष श्री सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष श्री प्रध्युमन पोखरेलले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई बर्षका लागि १५ लाख रुपियाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ । आनका हाल डेढसयभन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात सय एजेन्सीहरू सम्वन्धित रहेर व्यवसाय गर्दै आएका छन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलले आजको सहकार्यले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताउनुभयो । उहाँले मुक्तिनाथ विकास बैंकले फरक ढंगले आफ्ना ग्राहकहरूलाई सेवा गर्दै आएकाले लोकप्रिय हुन सकेको बताउँदै विज्ञापन व्यवसायीलाई सर्वसुलभरुपमा सहुलियत कर्जा दिन बैंक प्रतिवद्ध रहेको बताउनुभयो ।

आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सहयोगी हुने बताउनुभयो । उहाँले कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई यो सहुलियत कर्जाले उनीहरूको क्षमता अभिवृद्धि गर्न र आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने बताउनुभयो । धितालले आजको सम्झौताले मुक्तिनाथ विकास बैंकसँग विज्ञापन व्यवसायीहरूले पनि सहकार्य गर्न प्रेरित गर्ने बताउनुभयो । हस्ताक्षर कार्यक्रममा बैंक र आनका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

5035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका