जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सानिमा लाइफको खुद बीमाशुल्क २१% ले बढ्यो

सानिमा लाइफको खुद बीमाशुल्क २१% ले बढ्यो

सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा खुद बीमाशुल्क २१.५२ प्रतिशतले बढाएको छ ।

इन्स्योरेन्सले यस अवधिमा एक अर्ब १६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ९५ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको खुद नाफा ६९.३६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पुससान्तसम्ममा ९ करोड ३९ लाख रुपैयाँ खद नाफा कमाएको छ । गत आवको पुस मसान्सम्ममा कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड २७ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्ता कमिशन खर्चका लागि २० करोड ३ लाख रुपैयाँ खर्चेको छ ।

एक हजार २ सय ४२ बीमा दावीवापत १३ करोड ८५ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।

दई अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २३ करोड ३३ लाख रुपैयाँ र बीमा कोषमा दुई अर्ब ८२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ ।

1840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका