जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

राष्ट्रिय वाणिज्य बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले मंगलबार काठमाडौंको हल्चोकमा वित्तीय साक्षरता कार्यक्रम गरिएको हो । 

कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल (छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ्ग तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएका थिए । त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पूँजीबजार सम्बन्धी प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक हेमबहादुर ज्ञवालीले स्वागत मन्तब्य तथा प्रहरी नायब उपरीक्षक धु्रब केसीले धन्यवाद ज्ञापन गरे । कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए । गत बैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपालबीच सशस्त्र प्रहरी बलका कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको थियो ।      

कार्यक्रममा बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रदेशिक प्रबन्धक धु्रब अर्याल, स्वयम्भु शाखाका शाखा प्रबन्धक ज्ञानु सेढाई लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ । 

2380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका