जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकका ग्राहकलाई ‘जंगल भिल्ला रिर्सोट’ मा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकलाई ‘जंगल भिल्ला रिर्सोट’ मा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकहरुका लागि चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’मा विशेष छुट हुने भएको छ । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै गरिमा विकास बैंकका ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि ‘जंगल भिल्ला रिर्सोट’सँग विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुटको लागि सम्झौता भएको हाे ।

सम्झौता अनुसार, उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५% छुट प्रदान गर्ने भएको छ । यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुनेछ ।
हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

5510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका