जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कुमारी बैंकको नौलो स्किम: मुद्दति खाता खोल्दा रु. १ करोडसम्मको जीवन बीमा निःशुल्क

कुमारी बैंकको नौलो स्किम: मुद्दति खाता खोल्दा रु. १ करोडसम्मको जीवन बीमा निःशुल्क

नेपालमै पहिलो पटक कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।

सो योजनाअन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्नेछ । यस योजनाअन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर समेत प्राप्त गर्नसक्नेछन् ।

यस योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्यूनतम पचास हजारदेखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजनाअन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दती रकममा दुईदेखि १० गुणासम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

मुद्दती निक्षेप तथा जीवन बीमा दुबै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिँदै आएका छन् । कुमारी बैंकले पहिलो पटक यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरुमाझ प्रस्तुत गरेको हो ।

2650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका