जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको ६३औं एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

ग्लोबल आइएमई बैंकको ६३औं एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

ग्लोबल आइएमई बैंकले म्याग्दीको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो।

एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा लगायत उपलब्ध हुने बैंकले जनाएको छ।

बैंकले देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३६५ शाखा, ३६९ एटीएम, ३२१ शाखारहित बैंकिङ, ६३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सय भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

3420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका