जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • इसेवाबाटै अब कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने

इसेवाबाटै अब कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवादेखि कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ।

यो योजना कुमारी क्यापिटलको म्युचुअल फन्डको वेभसाइटमा इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो। अनलाइन भुक्तानीसम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा प्वइन्ट)मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन्।

इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज र बसको टिकट, स्कुल तथा कलेजको शुल्कलगायतका करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

3850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका