जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • वाणिज्य बैंकले पनि ल्यायो इभीका लागि ल्यायो विशेष योजना, ९.९५ % ब्याजदरमा ऋण

वाणिज्य बैंकले पनि ल्यायो इभीका लागि ल्यायो विशेष योजना, ९.९५ % ब्याजदरमा ऋण

राष्ट्रिय वाणिज्य बैंकले पनि विद्युतीय गाडी खरिदका लागि विशेष योजना ल्याएको छ। राष्ट्रिय वाणिज्य बैंकले इभी किन्न ९.९५ प्रतिशतमा ऋण लिने योजना ल्याएको हो।

सरकारले इभीलाई प्रोत्साहित गर्ने नीति लिएका कारण सरकारी स्वामित्वको बैंक भएकोले सस्तो ब्याजदरमा ऋण दिने योजना ल्याएको बैंकले जनाएको छ।

पेट्रोलियम पदार्थको आयातमा हुने खर्च घटाउन र विद्युतको खपत बढाउन इभीलाई प्रोत्साहित गर्ने सरकारी नीति छ। लक्ष्य प्राप्तिका लागि सहयोग गर्न भन्दै बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको इभी लोन’ नामको योजना ल्याएको हो।

बैंकको यो योजना भदौ २६ देखि लागू हुनेछ। यो योजना अनुसार इभी खरिद गर्न ग्राहकले १ करोड रुपैयाँसम्म ऋण पाउने छन्। बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधिभित्र ऋण लिइ सक्नु पर्नेछ। यो योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका