जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंकबाट ऋण लिएर नतिर्नेहरूलाई राज्यले छोड्दैनः अर्थमन्त्री

बैंकबाट ऋण लिएर नतिर्नेहरूलाई राज्यले छोड्दैनः अर्थमन्त्री

अर्थमन्त्री प्रकाशशरण महतले बैंकबाट ऋण लिएर नतिर्नेहरूलाई राज्यले नछोड्ने बताएका छन् । मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूसँगको छलफलपछि अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अर्थमन्त्री महतले ऋण लिएर नतिर्नेहरूको माग सुनुवाइ राज्यबाट नहुने बताए । उनले अप्ठ्यारोमा परेकाहरूलाई भने सरकारले केही समय उपलब्ध गराउने पनि बताए ।

‘साना उद्योग व्यवसायलाई प्रमोट गर्ने क्षेत्रमा पनि अझ तदारुकताका साथ काम गर्ने निष्कर्ष निस्कियो । जो साँच्चिकै समस्यामा छन्, उनीहरूलाई सरकार र राष्ट्र बैंकको तर्फबाट सहजीकरण गर्ने भन्ने कुरा आएको छ,’ उनले भने, ‘तर, ऋणको सवालमा ऋण लिएर पैसा लिएर तिर्दै तिर्दिनँ भनेर जो लाग्छ, त्यसको सुनुवाइ हुँदैन, त्यो तिर्नैपर्छ । जो अप्ठ्यारोमा छ, त्यसमा समय दिने सहजीकरण गर्ने भन्ने कुरामा सरकार प्रतिबद्ध छ । उही ऋण लिने र उही ठूलो पल्टिने कुरालाई राज्यले सहन सक्दैन ।’

राज्यको साधनस्रोत जनतामा लगानी गर्नुपर्ने अर्थमन्त्री महतको भनाइ थियो ।

1165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?