जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • १९ औं वार्षिकोत्सवमा सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

१९ औं वार्षिकोत्सवमा सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

सानिमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको १९ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएशन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचामा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले रक्तदानमा सहभागी भएका रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

कम्पनीले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।कम्पनील हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । कम्पनीले सात वटै प्रदेशमा हाल १३३ वटा कार्यालयहरु र १२३ वटा एटीएम सञ्चालनमा छन् ।

945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका